२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारीले गरे विमानस्थल भन्सारका सबै सेवा ठप्प



अ+ अ-

काठमाडौँ । सुन तस्करी प्रकरणमा अनुसन्धान गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका कर्मचारीले सोमबार भन्सार जाँचपास ठप्प पारेका छन् ।

गत साउन २ गते विमानस्थल भन्सारमा समातिएको ६० केजी तस्करीको सुन प्रकरणमा कर्मचारीमाथि अनुसन्धान गरिएपछि आन्दोलित उनीहरुले भन्सारका सबै सेवा ठप्प पारेका हुन् ।

उनीहरुले सुन तस्करी अनुसन्धानको नाममा प्रहरीले आफूहरुमाथि धरपकड गरेको आरोप लगाएका छन् । विमानस्थल भन्सारको कार्गोतर्फका सबै सेवा ठप्प भएको बताइएको छ ।

कर्मचारीहरुले आइतबार नै आन्दोलनका कार्याक्रम घोषणा गरेका थिए । साहीअनुरुप उनीहरुले हिजो पेन डाउन गरेका थिए । आजदेखि भने उनीहरुले सेवा नै ठप्प पारेका छन् । कर्मचारीहरुका अनुसार औषधिबाहेकको भन्सार जाँचपास आज हुँदैन र भोलि पनि सेवा अवरुद्ध हुनेछ ।

६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीको केन्द्रिय अनुसन्धान विभागले हालसम्म ६ जना भन्सार कर्मचारीलाई पक्राउ गरिसकेको छ ।

सुन प्रकरणमा प्रहरीले विमानस्थल भन्सारका अन्य कर्मचारीसँग पनि बयान लिइरहेको छ भने केही कर्मचारीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको छ ।