५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

‘आत्महत्या रोकथाममा मानसिक स्वास्थ्य साक्षरता आवश्यक’

‘आत्महत्या रोकथाममा मानसिक स्वास्थ्य साक्षरता आवश्यक’
अ+ अ-

काठमाडौँ । मनोविद्हरुले आत्महत्या रोकथाममा मानसिक स्वास्थ्य साक्षरता आवश्यक रहेको बताएका छन् ।

अन्तरध्वनी नेपालको आयोजनामा आत्महत्या रोकथाम दिवसको अवसरमा आईतवार काठमाडौंमा आत्महत्या रोकथाममा पत्रकारको भुमिका विषयक एक दिने कार्यशालामा बोल्दै मनोविद्हरुले यस्तो बताएका हुन् । मनोविद् डा.नरेन्द्रसिंह ठगुन्नाले मानसिक स्वास्थ्यको समस्याको कारणले आत्महत्याका घटना हुने गरेको भन्दै स्थानीय तहसम्मै मानसिक स्वास्थ्य साक्षरता आवश्यक रहेको बताउनु भयो । उहाँले गरिबी, अशिक्षा र वैदेसिक रोजगारको कारणले परिवारमा विखण्डन आउँदा आत्महत्याका घटना बढेको बताउनु भयो ।

उहाँले राज्यका निकायहरुले मानसिक स्वास्थ्य साक्षरताबारे समुदायलाई जानकारी गराउनुपर्ने बताउनु भयो । आत्महत्या रोकथाम सबैको सामाजिक दायित्व भएको भन्दै आत्महत्याको जोखिम भएका व्यक्तिमध्ये करिव ९० प्रतिशतलाई पहिचान गर्न सकिने बताउनु भयो । आत्महत्या रोकथामका लागि मनका भावनालाई अभिव्यक्त गर्ने वातावरण सिर्जना गर्न सक्नुपर्ने डा.ठगुन्नाको भनाई छ ।

डा.ठगुन्नाले भन्नुभयो, ‘नेपालमा आत्महत्याका घटना बढीरहेका छन् । मानसिक स्वास्थ्यका समस्याको कारणले गर्दा धेरै बढि आत्महत्या हुने गर्छ । गरिबी, अशिक्षा र नेपालमा पछिल्लो समयमा वैदेसिक रोजगारको कारणले गर्दा परिवारमा आएको विखण्डन छ । ती विखण्डनको कारणले पनि आत्महत्याका घटना बढेका छन् ।

कहिले कहिले सोचेको जस्तो जीवन नहुँदाखेरी, रिसको आवेगमा आएर आत्महत्याको जोखिम हुने गर्छ । यो वर्षको तथ्याङ्कलाई हेर्ने हो भने ६ हजार नौ सय ९३ जनाले आत्महत्याको कारणले जीवन गुमाउनुभएको छ । जीवन गुमाउने संख्यालाई कम गर्नैपर्छ । मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने विज्ञहरुले सम्बन्धित संस्थाहरुले राज्यका निकायहरुले मानसिक स्वास्थ्य साक्षरताको बारेमा सही तरीकाले जानकारी समुदायलाई गराउन सक्नुपर्छ ।

मानसिक रोगको कारणले गर्दा आत्महत्याको जोखिम बढ्छ र आत्महत्याको जोखिम भएका व्यक्ति मध्ये करिव करिव ९० प्रतिशतलाई पह्चिान गर्नसक्छौं । पहिचान गरियो र त्यसता व्यक्तिहरुका मनका कुरालाई अभिव्यक्त गर्ने वातावरण हामीले बनाउन सक्नुपर्छ । कनेक्ट, कनेक्टीभिटी, केयर अर्थात थ्री सीको माध्यमबाट आत्महत्यालाई न्युनिकरण गर्न सक्छौँ । र, राज्यको तर्फबाट मानसिक स्वास्थ्य साक्षरतालाई गाउँ गाउँमा पु¥याउनुपर्छ । यो मनको कुरा त्यो मनले बुझ्ने नेटवर्कलाई एक्टिभ गरेर पनि मानसिक स्वास्थ्यको जोखिमलाई न्युनिकरण गर्न सक्नुहुन्छ । मानसिक स्वास्थ्यबारे सचेतना पैदा गर्नुपर्छ । मानसिक स्वास्थ्य राम्रो भयो भने आत्महत्याको घटना बढ्छ । सुसाईड प्रिभेन्सन सबैको सामाजिक दायित्व हो । त्यही भएर तपाई हामी सबै हेल्पलाइनको रुपमा काम गर्नसक्छौँ ।’

मनोविद् पदमराज जोशीले आत्महत्या रोकथाममा समाज, शिक्षक, प्रहरी र समुदायको भुमिका रहने बताउनु भयो । उहाँले आत्महत्या रोकथाममा कनेक्ट, केयर र कनेक्टीभिटीलाई जोड्न सक्नुपर्ने बताउनु भयो । जोशीले प्रत्येक स्थानीय तहले सचेतना जगाउने कार्यक्रमहरु सञ्चालन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले सरकारले मानसिक स्वास्थ्य रणनीति बनाएपनि त्यो कार्यान्वयनमा आउन नसकेको बताउनु भयो । शहरीकरणले इच्छा आकांक्षा बढ्दै जाने र इच्छा आकांक्षा समयमै समाधान हुन नसके व्यक्तिमा तनाव सृजना हुने बताउनु भयो । उहाँले व्यक्तिले जहिलेपनि सकारात्मक सोच राख्नुपर्ने बताउनु भयो ।

जोशीले भन्नुभयो, ‘आत्महत्या रोकथामका लागि समाज, शिक्षक, प्रहरी र समुदायको भुमिका रहन्छ । कस्तो भुमिका रहन्छ भने आत्महत्याको रोकथामका लागि हामी तीन वटा सिद्धान्तहरु भन्छौं । त्यो भनेको कनेक्ट, केयर र कनेक्टीभिटीलाई जोड्न सक्नुपर्छ । कुनैपनि व्यक्ति आत्महत्याको जोखिममा छ भने त्यो व्यक्तिलाई अरु व्यक्तिसँग हामीले कनेक्ट गर्दिनुपर्ने हुन्छ । कनेक्ट गरेपछि बोल्दिनुपर्छ । यो मान्छे जोखिममा छ भनेर बोल्दिनुपर्ने हुन्छ । र, त्यो मान्छे बोल्दिएपछि उसका एक्टीभिटीलाई हामीले हेरचाह गर्दिनुपर्ने हुन्छ । यो तीन वटा काम गर्न सकियो भने हामीले चार सेकेण्डभित्र गलत डिसिजन लिइरहेको मान्छेलाई डाइभर्ट गरेर एउटा मान्छेको जीवन बचाउन सक्छौँ । र, नारापनि छ टेक अ मिनेट सेभ अ लाईफ भनेर ।

राज्यले अहिले मानसिक स्वास्थ्य रणनीति बनाएको छ । अझैपनि कार्यान्वयनमा आउन सकेको छैन । सरकारले प्रत्येक स्थानीय तहमा सचेतना पैदा गर्नुपर्छ । शहरीकरणले इच्छा आकांक्षा बढ्दै जान्छ । ती इच्छा आकांक्षा समयमै समाधान हुन सकेनन् भने मान्छे स्ट्रेसमा पुग्छ । स्ट्रेसमा समस्या समाधान भएन भने त्यो मान्छे एन्जिआईटीमा जान्छ । एन्जिआईटीमा त्यो व्यक्तिलाई उपचार भएन भने त्यो मान्छे डिप्रेसनमा जान्छ र, अन्तिममा जिन्दगी बाँच्नु बेकार छ भन्ने सोचाईबाट ग्रसित भएर आत्महत्या गर्न जान्छ । त्यसकारण योग, ध्यानबाट टाढा हुनुहुँदैन ।’

सहभागीहरुले आत्महत्या रोकथामका लागि समाजमा सचेतनामुलक कार्यक्रम गर्नुपर्ने बताएका छन् । विश्व स्वास्थ्य संगठनकाअनुसार हरेक वर्ष आत्महत्याका कारण आठ लाख भन्दा बढी मानिसहरुको मृत्यु हुने अनुमान छ । मनोविद्हरु आत्महत्याका समाचारको रिपोर्टिङ तथा संप्रेषणमा संवेदनशील र उत्तरदायी हुन आवश्यक रहेको बताउँछन् ।