काठमाडौं । नेपालमा आज थप ७ हजार ४ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभर पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा उक्त संख्यामा संक्रमित पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो ।
पछिल्लो २४ घण्टामा १७ हजार १७६ परीक्षणमध्ये १६ हजार ६५८ जनाको पिसिआर र ५१८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।
यस्तै पछिल्लो २४ घण्टामा २ हजार २१ संक्रमित निको भएका छन् भने ३७ जनाले यसको संक्रमणबाट ज्यान गुमाएका छन् ।
हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ३६२ पुगेको छ । यसरी एकैदिन थपिएको यो संख्या अहिलेसम्मकै उच्च रहेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या ५४ हजार ४१ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आज थपिएका संक्रमितसँगै देशभर संक्रमित हुनेको संख्या ३ लाख ४३ हजार ४१८ पुगेको छ भने २ लाख ८६ हजार १५ संक्रमित निको भएका छन् ।











