१७ आश्विन २०८३, शनिबार Saturday, October 3, 2026
१७ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar लन्डनस्थित पशुपतिनाथ मन्दिरबाट बाढीपीडितलाई ५० लाख सहयोग News Polar प्रदेशको सहकार्यलाई निर्वाचनसम्म लग्न संयोजक दाहालको आह्वान News Polar इन्धन अभाव हुँदा विकास निर्माणका काम प्रभावित News Polar केन्द्रमा हारेका कांग्रेस नेताले जिल्ला र प्रदेशमा उम्मेदवार बन्न नपाउने News Polar पहिलो संविधानसभा निर्वाचनअघि माओवादीले राजासँग सहकार्य खोजेको थियोः कमल थापा News Polar दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु News Polar भोटेकोशी बाढीबाट प्रभावित कुकुरलाई खाद्य सामग्री सहयोग News Polar ऐतिहासिकस्थलमा कांग्रेसको १५औँ महाधिवेशन हुँदै News Polar एसियाली खेलकुदमा पाकिस्तानलाई हराउँदै भारतले जित्यो क्रिकेटको स्वर्ण News Polar फ्लाईदुबईका सहचालकलाई ओमानले उडानमा रोक लगाएको खुलासा,घटनापछि हवाई सुरक्षामा प्रश्न News Polar लुम्बिनी प्रदेशमा छाला रोग परीक्षण अभियान चलाउँछौँ : मुख्यमन्त्री आचार्य News Polar काँग्रेस महाधिवेशनः सोमवार दिउँसो २ बजेदेखि उम्मेदवारी दर्ता News Polar सिद्धार्थ क्लब पोखराको अध्यक्षमा सुनिल श्रेष्ठ, बाल शिक्षा सहयोगका २ लाखको अक्षय कोष स्थापना News Polar बाढी प्रभावित राष्ट्रसेवक कर्मचारीका परिवारलाई नगद राहत News Polar भूगर्भविद्हरूको टोलीद्वारा म्याग्दीका पहिरोको अध्ययन सुरु News Polar प्रविधिको उच्चतम प्रयोगसँगै समयको माग अनुरूपको पाठ्यक्रम र पठनपाठनमा जोड दिनुपर्छ : राष्ट्रपति पौडेल News Polar पार्टीको महाधिवशेन ऐतिहासिक भूमीमा गर्दैछौँ, नीति र संरचना दुवैमा सुधार हुन्छः प्रवक्ता चालिसे News Polar बाढीले मध्यकालीगण्डकीसहितका जलविद्युत् आयोजनामा ठूलो क्षति News Polar जितीया पर्वले आपसी सम्मान र सद्भाव कायम गर्दछः राष्ट्रपति पौडेल News Polar कांग्रेस १५औँ महाधिवेशनः प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

‘महाभारत’का ‘भीम’ प्रवीण कुमारको निधन

‘महाभारत’का ‘भीम’ प्रवीण कुमारको निधन
अ अ+ अ-

बीआर चोपडाको ‘महाभारत’का ‘भीम’का रूपमा चर्चित अभिनेता प्रवीणकुमार सोबतीको निधन भएको छ । उनको आज बिहान निधन भएको हो । परिवारका एक सदस्यका अनुसार उनलाई राति १० बजेदेखि १०ः३० को बीचमा हृदयाघात भएको थियो । उनले असहज भएको गुनासो गरेपछि डाक्टरलाई घरमा बोलाइएको थियो  तर उनीलाई बचाउन सकिएन । 

प्रवीण कुमार केही महिनाअघि आर्थिक सङ्कटको खबरका कारण चर्चामा आएका थिए । तर यी खबरप्रति रिसाउँदै उनले एक अन्तरवार्तामा बकवास भनेका थिए । त्यतिबेला उनले आफूलाई पैसा नचाहिएको र सहयोगका लागि कसैलाई अनुरोध नगरेको बताएका थिए । 

तर अन्तरवार्तामा उनको पीडा प्रष्ट देखिन्थ्यो । उनले भनेका थिए, “कोरोनामा सम्बन्ध कति खोक्रो भयो भन्ने थाहा भयो।” अप्ठ्यारो समयमा सहयोग गर्न कोही नआएकामा उनको मनमा रोष देखिन्थ्यो। उनले लामो समयदेखि घरमा रहेको र स्वास्थ्य पनि नाजुक रहेको बताएका थिए । 

प्रवीणका अनुसार उनकी श्रीमती वीणाले उनको हेरचाह गरिरहेकी थिइन् । ९० को दशकमा ‘भीम’ भनेर सबैलाई थाहा भएकोमा प्रवीण दुःखी थिए तर अहिले उनलाई सबैले बिर्सिसकेका छन् । प्रवीण कुमारका एक छोरी, दुई भाइ र एक बहिनी छन्।

प्रवीण कुमारले पन्जाब सरकारलाई पेन्सनका लागि पनि अपील गरेका थिए। एसियाली खेलकुद वा सबै पदक जित्ने खेलाडीलाई पेन्सन दिइए पनि प्रवीणले नपाएको उनको गुनासो थियो। प्रवीण कुमारले त्यतिबेला सबैभन्दा बढी स्वर्ण पदक जितेका थिए र राष्ट्रमण्डल खेलहरूमा पनि भारतको प्रतिनिधित्व गर्ने एकमात्र भारतीय खेलाडी थिए। तर उनको सरकारले कुनै सुनुवाई गरेन र उनी पेन्सनको पर्खाइमा बसिरहे।

रिपोर्टअनुसार प्रवीण कुमारको अन्तिम दिन निकै कठिन थियो र यसको एउटा कारण पैसाको सङ्कट थियो । यसबाहेक उनी बिरामी पनि थिए, जुन उनले डिसेम्बर २०२१ मा दिएको अन्तरवार्तामा उल्लेख गरेका थिए ।