२१ जेष्ठ २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहमहामन्त्री यादव कुटपिटबारे सरकारले भन्यो– विचारकै आधारमा सांघातिक आक्रमण गर्न पाइँदैन



अ+ अ-

काठमाडौं । सरकारले कसैको विचारका आधारमा सांघातिक आक्रमण गर्ने छुट कसैलाई नभएको बताएको छ ।

सञ्चारमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्दै पूर्वमन्त्री समेत रहेका कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमणको घटनाको प्रसंगमा यस्तो बताएकी हुन् ।

सहमहामन्त्री यादवमाथि आक्रमणबारे थप अनुसन्धान जारी रहेको बताउदै उनले भनिन्, ‘अहिले सांघातिक आक्रमण गर्नेलाई हामीले पक्राउ गरिसकेका छौं । लोकतन्त्र, गणतन्त्रमा सबै कुरा गर्न पाइन्छ, आफ्ना विचार व्यक्त गर्न पाइन्छ । तर, विचारका आधारमा कसैमाथि पनि सांघातिक आक्रमण गर्न पाइँदैन । यो संविधान, कानून र नियमविपरितकै कामहरु हुन् । त्यसबारे थप अनुसन्धान जारी छ ।’

शर्माले अनुसन्धान टुंग्याएपछि सरकारले त्यसबारे आफ्नो धारणा सार्वजनिक गर्ने बताइन् ।