३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आधारभूत सिद्धान्तबाहेकका विषयमा राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्न सकिन्छ – अध्यक्ष दाहाल News Polar संविधान केवल कानूनी दस्तावेज र शब्दहरूको संग्रह होइनः प्रदेश प्रमुख देवकोटा News Polar मुलुकमा भ्रष्टाचार र दण्डहिनताको जरा गहिरो छः प्रधानमन्त्री साह News Polar कांग्रेसको १५औँ महाधिवेशनः वडा अधिवेशन आजदेखि सुरु News Polar संविधान दिवसका अवसरमा अमेरिकाद्वारा शुभकामना News Polar संविधान संशोधनः सबैको सहमतिमा अघि बढ्दा अङ्क समस्या हुँदैन–संयोजक शाह News Polar ट्रम्पद्वारा तीन सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा, प्रेस स्वतन्त्रताबारे बहस सुरु News Polar संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहका क्रियाशील हुनुपर्ने News Polar संविधानको रक्षा र कार्यान्वयनमा उच्चतम समझदारी आवश्यकः प्रदेश प्रमुख देवकोटा News Polar भोटेकोशी बाढीपछि सम्पर्कविहीन पत्रकार टेकराज थामीको कुशको शव बनाएर अन्त्येष्टि News Polar गत भदौको उपद्रवमा कसको संलग्नता थियो, खुल्दै गएको छ–ओली News Polar शंकर पोखरेलको टिप्पणी–‘दलहरुसँगको संवाद प्रधानमन्त्रीका लागि एकादेशको कथा बन्यो’ News Polar राष्ट्रपति पौडेल संविधान दिवस विशेष समारोहमा सरिक News Polar संविधानका लक्ष्य पूरा गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने News Polar बालेनलाई विश्वप्रकाशको सुझावः जलावयु विपद्बारे दूरदर्शी राजनीतिज्ञको रूपमा सिङ्गो संसारकै प्रतिनिधित्व गर्नुस् News Polar संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको समीक्षा मागेको छ: रवि लामिछाने News Polar नेवानिका दुई वटै वाइडबडी ग्राउन्डेड News Polar संविधानको प्रभावकारी कार्यान्वयनमा प्रदेश प्रमुख कर्णको जोड News Polar भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद

सङ्क्रमणदर बढेसँगै काभ्रेमा आइसोलेशन सङ्ख्या बढाइँदै

सङ्क्रमणदर बढेसँगै काभ्रेमा आइसोलेशन सङ्ख्या बढाइँदै
अ+ अ-

काभ्रेपलाञ्चोक । जिल्लामा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमण १०६ मा पुष्टि भयो । अघिल्लो दिन ४१ सङ्क्रमित थिए । तथ्याङ्कअनुसार काभ्रेपलाञ्चोकमा शनिबार ९७ र शुक्रबार ६९ थपिए भने बिहीबार ४५ मा कोरोना सङ्क्रमण देखियो ।

जिल्लामा कोरोना सङ्क्रमणदर बढ्दो छ । हाल जिल्लाका कूल ५५५ सङ्क्रमितमध्ये बनेपा नगरपालिकामा १७७, पनौतीमा १३२, धुलिखेलमा १२९, पाँचखालमा ४७, नमोबुद्धमा २१, मण्डनदेउपुरमा १६ तथा रोशी गाउँपालिकामा सात, चौँरीदेउरालीमा तीन, तेमालमा चार र भुम्लु छ, खानीखोलामा दुई, बेथानचोकमा आठ र महाभारत गाउँपालिकामा तीन सक्रिय सङ्क्रमित रहेका छन् । सबैभन्दा बढी बनेपा नगरमा ३१ दशमलव ८९ प्रतिशत सङ्क्रमित रहेका छन् । 

हालसम्म जिल्लाका ५० कोरोना सङ्क्रमितको मृत्यु भएको जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसीसीएमसी)ले जनाएको छ । “सङ्क्रमण समुदायमा फैलिएकाले दिनानुदिन सङ्ख्या बढ्ने आँकलन गरिएको केन्द्र सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाले बताउनुभयो । “कन्ट्याक्ट ट्रेसिङलाई प्राथमिकतामा राखेका छौँ”, उहाँले भन्नुभयो । केही दिनदेखि सङ्क्रमणदर दोब्बर हुँदै गएपछि जिल्ला प्रशासन कार्यालयले प्रमुख शहरलगायत दुई राष्ट्रिय राजमार्गमा सिमाङ्कन गरी सोमबारदेखि निषेधाज्ञा जारी गरेको छ । सरकारको कोरोना ‘रेड जोन’का २२ जिल्लामध्ये काभ्रेपलाञ्चोक पनि हो ।

यसैबीच कोरोना सङ्क्रमणदर बढ्दै गएपछि जिल्लाको चार स्थानीय तहले अक्सिजनसहितको आइसोलेशन सञ्चालनमा ल्याएका छन् । १३ तहमध्ये बाँकी तहले पनि आइसोलेशन व्यवस्थित गर्दैछन् । केन्द्रले हप्ताअघि सबै तहलाई अक्सिजनको थप सुविधासहित आइसोलेशनलाई पूर्ववत् अवस्थामा राख्न आग्रह गरे पनि कसैले चासो दिएका थिएनन् । केही दिनदेखि सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि पाँचखाल नगरले गत शुक्रबार १५, बनेपा नगरले आइतबार ५० तथा नमोबुद्ध नगर र रोशी गाउँपालिकाले सोमबारदेखि संयुक्तरूपमा पछि २५ शय्या थप्ने गरी नमोबुद्धको भकुण्डेमा २५ शय्याको आइसोलेशन सेन्टर सञ्चालनमा ल्याएका छन् ।

बनेपाले भने ५० मध्ये चार शय्यामा मात्रै हाल अक्सिजन सेवा उपलब्ध गराइएको नगर उपप्रमुख रेखा दाहालले जानकारी दिनुभयो । पनौती र धुलिखेल नगरमा केही दिनभित्रै आइसोलेशन सञ्चालनमा ल्याउने जनाइएको छ । दोस्रो लहरको सङ्क्रमणको तीन साता बितिसक्दा काभ्रेपलाञ्चोकमा पनि नौ स्थानीय तहले आइसोलेशन व्यवस्थापनमा आलटाल गरिरहेको देखिन्छ । बनेपास्थित शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालले भने हप्ताअघि नै आइसोलेशन व्यवस्थित गरी सेवा दिइरहेका छन् ।

सम्भावित जोखिमलाई मध्यजर गर्दै आइसोलेशन व्यवस्थित गर्नुपर्नेमा सङ्क्रमित सङ्ख्या न्यून रहेको जनाउँदै आठ तहले बेवास्ता गरेका छन् । “दुई जना त सङ्क्रमित छन्, आइसोलेशन बनाउँदै जाउँला नि”, खोनीखोला गाउँपालिका अध्यक्ष कृष्णबहादुर खुलालले भन्नुभयो । गत वर्ष काभ्रेपलाञ्चोकका सबै स्थानीय तह सबैले आवश्यकताअनुसार क्वारेन्टिन निर्माण गरेका थिए । बनेपा र धुलिखेल नगरले ५० शय्या, पाँचखालले सात, पनौतीले छ र नमोबुद्ध नगरले छ शय्याको आइसोलेशन कक्ष व्यवस्थित गरेका थिए ।