२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वी युक्रेनको बजारमा रुसी आक्रमण, १७ जनाको मृत्यु



अ+ अ-

बुधबार पूर्वी युक्रेनको एक बजारमा रुसी आक्रमणमा परी कम्तीमा १७ जनाको मृत्यु हुनुका साथै अन्य केही घाइते भएको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन युक्रेनको राजधानी किभ भ्रमणमा गएकै दिन यस्तो घातक हमला भएको हो । ब्लिन्केनले किभलाइ करिब १ अर्ब डलरको सैनिक सहायता उपलब्ध गराउने समझदारीको घोषणा गर्ने अनुमान गरिएको छ ।

“रूसी आक्रमणबाट डोनेस्क क्षेत्रको कोस्ट्यान्टीनिभका शहरमा १७ जनाको मृत्यु भएको छ । आक्रमण व्यवसायिक स्थलमा पसलहरू खुलेको र सर्वसाधारण सामान खरिदका निम्ति बजारमा व्यस्त रहेको आक्रमणमा अन्य धेरै व्यक्ति घाइते भएका छन्,” जेलेन्स्कीले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रधानमन्त्री डेनिस श्मीगलले सेक्युरिटी क्यामेरा फुटेज पोस्ट गरेका छन् । छोटो भिडियोमा विस्फोटले कियोस्कको भीडलाई तितरभितर बनाएको र घटनापछि स्थानीय बासिन्दाहरू उद्धारका लागि दौडिरहेका देखिन्छ ।

मृत्यु हुनेमा एक बालक पनि छन् ।

युक्रेनको गृह मन्त्रालयका इगोर क्लाइमेन्कोले सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आक्रमणमा परी २८ जना घाइते भएको जनाएको छ ।

कोस्ट्यानटाइनिभका पूर्वी औद्योगिक क्षेत्र डोनेस्कमा अनुमानित ७० हजार मानिसको बसोबास छ । कोस्ट्यानटाइनिभका रक्तपातपूर्ण युद्ध भएको बाख्मुत नजिकै छ ।

सन् २०१४ देखि क्रेमलिन समर्थित पृथकतावादी समूहले डोनेस्कलाई आंशिक रूपमा नियन्त्रण गर्दै आएको छ ।  एएफपी