२३ श्रावण २०८३, शनिबार
,
Latest
सिँढीबाट लडेर युवकको मृत्यु माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य झापामा मतदाता नामावलीमा नाम दर्ता गर्न राष्ट्रिय परिचयपत्रको प्रयोग बढ्दो लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण यस्तो छ आज विदेशी मुद्राको विनिमय दर देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना तीन प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त मध्यरातमा प्रधानमन्त्रीको स्टाटस ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ,यो पहिलोचोटि होइन’ पाकिस्तानका हिमालमा सुरक्षा सुनिश्चित नभए नेपाली आरोहीलाई रोक्नुपर्छ : आरोही परियार
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलयालम अभिनेत्री अपर्णा नायरको मृत्यु, झुण्डिएको अवस्थामा शव फेला



अ+ अ-

ऐजेन्सी । मलयालम अभिनेत्री अपर्णा नायरको निधन भएको छ । उनको शव झुण्डिएको अवस्थामा फेला परेको थियो । प्रारम्भिक दृष्टिले यो आत्महत्या नै भएको देखिन्छ । यो घटना बिहीबार साँझ ७ः४५ बजेको हो । त्यतिबेला अपर्णाको घरमा अपर्णाकी आमा र बहिनी थिए ।

अपर्णालाई हतार हतार अस्पताल लगियो । त्यहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । अस्पतालले नै स्थानीय प्रहरीलाई फोन गरेर घटनाबारे जानकारी गराएका थिए । हाल प्रहरीले उजुरी दर्ता गरेको छ । अपर्णा जम्मा ३१ वर्षकी थिइन् । उनी केरलाको तिरुवनन्तपुरमकी बासिन्दा थिइन् । उनका दुई छोरी छन् ।

अपर्णा नायर मलयालम टिभी जगतकी चर्चित अभिनेत्री थिइन् । उनले मैथिली विन्दुम वरुम, देवस्पर्शम, आत्मसाखी र चन्दनमाजा जस्ता टिभी सिरियलहरूमा काम गरिन् । उनले केही चलचित्र पनि गरिन् । उनले थट्टाथिन मरायाथु, जोशीको रन बेबी रन र मल्लु सिंह जस्ता फिल्ममा काम गरेकी थिइन् ।