२३ श्रावण २०८३, शनिबार
,
Latest
सिँढीबाट लडेर युवकको मृत्यु माङसेबुङका ११ विद्यालयमा लिम्बू र वान्तवा भाषा अनिवार्य झापामा मतदाता नामावलीमा नाम दर्ता गर्न राष्ट्रिय परिचयपत्रको प्रयोग बढ्दो लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ कर्णाली प्रदेशसभाः विपद् प्रतिकार्यसहित लागु औषध नियन्त्रण गर्न प्रदेश सरकारको ध्यानाकर्षण यस्तो छ आज विदेशी मुद्राको विनिमय दर देशभर मनसुनी वायुको प्रभाव, केही स्थानमा भारी वर्षाको सम्भावना तीन प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्त मध्यरातमा प्रधानमन्त्रीको स्टाटस ‘कहिलेकाहीँ एक्लै लड्नुपर्छ,यो पहिलोचोटि होइन’ पाकिस्तानका हिमालमा सुरक्षा सुनिश्चित नभए नेपाली आरोहीलाई रोक्नुपर्छ : आरोही परियार
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘एक भगवत् गीता’को ट्रेलर सार्वजनिक



अ+ अ-

काठमाडौँ । नेपाली कथानक फिल्म ‘एक भगवत् गीता’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अभिनेता विपिन कार्की कमलामाइको अवरतारमा छन् । उनको यो अहिलेसम्मकै फरक अवतार हो ।

जनकपुरको परिवेशमा खिचिएको फिल्मको सुरुवाती नाम ‘भागवत गीता’ थियो । हिन्दुवादी संगठनले विरोध जनाएपछि फिल्मको नाम परिवर्तन गरी ‘एक भगवत् गीता’ बनाइएको हो ।

झरना थापाको निर्देशन रहेको फिल्ममा विपिनसँगै सुहाना थापा र धिरज मगरको मुख्य अभिनय छ । त्यसैगरी कबीर खड्का, जेविस र जेविन श्रेष्ठ, संजोग रसाइली, मुकेश झा, अनुराग कुँवर, राम कैलाश ठाकुर, धिरज ठाकुरलगायतको पनि अभिनय छ ।

सुनिलकुमार थापाको निर्माण रहेको फिल्मको कथा झरनाको हो भने पटकथा लेखनमा उनले सरिन पोखरेल, परिच्छेद सेन, पुरुषोत्तम ढंगेल र कृष्णको सहायता लिएकी छिन् । फिल्ममा राजेश श्रेष्ठको छायांकन, मित्र डी गुरुङको सम्पादन, हिमाल केसीको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी तथा शैलेश श्रेष्ठको ब्याकग्राउण्ड स्कोर छ ।

फिल्म भाद्र २९ गते प्रदर्शनमा आउनेछ ।