७ श्रावण २०८३, बिहीबार
,
Latest
९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुनुपर्छः संयाेजक दाहाल देशका विभिन्न छ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा नापतौलयन्त्र नवीकरण नगर्ने र उपभोक्ता ठग्ने ६ हजार प्रतिष्ठान कारबाहीमा झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी चार वर्षभित्र विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप र भागबण्डा अन्त्य गर्छौंः शिक्षामन्त्री पोखरेल कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन: किस्ता भुक्तानीमा ढिलाइ भएपनि अनुदान नगुम्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले नेता नेपालको दौडधुप, राष्ट्रपति भण्डारी र कांग्रेस सभापति देउवासँग गरे भेट



file photo
अ+ अ-

काठमाडौं । प्रधानमन्त्रीले विश्वासको मत लिने भएपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल दौडधुपमा लागेका छन्। नेता नेपालले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारी र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेका छन्। कांग्रेस सभापति देउवासँग एक घण्टा वार्तालापपछि नेपाल राष्ट्रपति भण्डारीसँग भेट गर्न शीतल निवास पुगेका हुन्। 

नेपाल विश्वासको मत लिनुअघि नै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने पक्षमा रहेको जनाइएको छ। यसमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जनता समाजवादी पार्टी (जसपा)का नेता उपेन्द्र यादव सहमत देखिएका छन्। देउवाले भने पहिला नेपाल पक्षका सांसदले राजीनामा दिनुपर्ने अडान लिएको जनाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार देउवालाई भेटेर ‘अर्ली इलेक्सन’मा मिलेर जान प्रस्ताव गरेका थिए।

नेपालले बुधबार माओवादी केन्द्रका अध्यक्ष दाहाल, जसपा नेता यादवसँग छलफल चलाएका थिए। नेपालले राष्ट्रियसभामा रिक्त पदमा आफूनिकट डा। खिमलाल देवकोटालाई उम्मेदवार बनाउने सहमति गराए। माओवादी छाडेका गृहमन्त्री रामबहादुर थापाको रिक्त पदमा डा. देवकोटालाई उठाउने भएपछि एमालेबाट उम्मेदवार निश्चित हुन सकेको छैन। थापालाई उम्मेदवार बनाउने तयारी गरेको एमालेलाई विपक्षीले देवकोटा अघि सारेपछि दबाब बढेको छ। 

एमालेको बिहीबार बसेको स्थायी समितिको बैठकले जित्ने निश्चित भएपछि मात्रै उम्मेदवार तय गर्ने निर्णय गरेको छ। बैठकपछि एमाले प्रवक्ता प्रदीप ज्ञवालीले आफ्नो जित निश्चित भएपछि मात्रै उम्मेदवारी घोषणा गर्ने निर्णय भएको बताए। ‘राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा जित सुनिश्चितताका लागि नेताहरूले विभिन्न सुझाव दिनुभएको छ’, प्रवक्ता ज्ञवालीले भने, ‘मतदातासँग कुराकानीपछि उम्मेदवार घोषणा गर्ने निर्णय भएको छ।’ प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले यसअघि थापालाई नै उम्मेदवार बनाउने बताएका थिए।

बिहीबारको बैठकमा नेपाल पक्षको कारबाही फिर्ता गर्नुपर्ने विषयमा ओलीलाई अन्य नेताले दबाब दिएका छन्। कारबाही फिर्ता गर्दा पनि विपक्षीको साथमा गए मात्रै थप कारबाही गर्नुपर्ने उनीहरूको मत छ। वरिष्ठ नेता नेपालसहित चार जनालाई गरिएको कारबाही फिर्ता लिनेबारे छलफल भएको जनाइएको छ। नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिनाका लागि निलम्बन गरिएको छ। अन्य ३० प्रतिनिधिसभा सदस्यलाई पनि स्पष्टीकरण सोधिएको छ।

एमाले दोस्रो तहका नेताबीच बिहीबारै छलफल भएको छ। अर्थमन्त्री विष्णु पौडेल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टबीच पार्टीलाई एकजुट बनाउने र विश्वासको मतका विषयमा छलफल भएको हो। यो समाचार अन्नपूर्ण दैनिकमा छ ।