• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   जलवायुमैत्री प्रविधि प्रयोग गरेर उत्पादन वृद्धि गर्ने नीति सरकारको प्राथमिकतामाः प्रधानमन्त्री ★   खेती धान्ने महिला किसानलाई छैन प्रोत्साहन ★   शीतल निवासमा धान रोपाइँ – तस्बिरहरु ★   प्रधानमन्त्री पुष्पकमल दाहालले कसरी रोपे धान ? (फोटोफिचर) ★   गुल्मीमा पहिरोमा पुरिँदा एकै घरका तीन जनाको मृत्यु, दुई बेपत्ता ★   नौ महिनाभित्र वास्तविक किसान पहिचान गर्छौं : कृषि मन्त्री साह ★   पचास प्रतिशत रोपाइँ मनसुनी वर्षाकै भरमा ★   बागलुङमा पहिरोले घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाती घाइते ★   दही चिउराको सांस्कृतिक पर्व मनाइँदै ★   धान उत्पादन बढाउन आवश्यक छः राष्ट्रपति

१० लाख बढी नगदको कृषि प्रतियोगिता हुँदै



काठमाडौं । महानायक राजेश हमालले सरकारले कृषिलाई प्राथमिकतामा राखेर अघि बढेमात्रै देश विकास सम्भव रहेको बताउनुभएको छ ।

बिहीवार काठमाडौं आयोजित रेभुलुसनरी एग्रिकल्चर वार (रअ) घोषणा कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपाललाई विकास गर्नु छ भने सम्पन्न बनाउनु छ भने एग्रिकल्चरलाई नै प्राथमिकतामा राख्नुपर्ने बताउनु भयो । उहाँले कृषिबाट मात्रै देशलाई विकासतर्फ लैजान सकिने बताउनु भयो । नेपालको क्षेत्र, इतिहास, परम्परा, संस्कृति सुहाउँदो भनेकै कृषि क्षेत्र भएकाले अन्य राष्ट्रको मोडल हेरेर नेपाल सम्पन्न बन्न नसक्ने बताउनु भयो । नेपालले विश्वमा आफ्नो स्थान बनाउनु छ भने कृषिलाई नै प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने बताउनु भयो । आधुनिकताको नाममा पुराना संस्कृतिलाई मास्ने काम भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘किसान र कृषि प्राविधिकले भाग लिन पाउने, किसानले किसानसँगै र प्राविधिक प्रतिष्पर्धीले प्राविधिक प्रतिष्पर्धीहरुसँगै प्रतिष्पर्धा गर्नेछन् । युवा पुस्ताले कृषि क्षेत्रमा देखाएको चासोले राम्रो लागेको छ । नेपालमा नेपाललाई विकास गर्नु छ, सम्पन्न बनाउनु छ भने एग्रिकल्चरलाई नै प्राथमिकतामा राख्ने हो । त्यसैबाट हामीले देशलाई विकासतिर लैजान सक्छौँ । किनभने हाम्रो क्षेत्र, इतिहास, परम्परा, संस्कृति सुहाउँदो भनेकै कृषि क्षेत्र हो । अन्य राष्ट्रको मोडल हेरेर नेपाल सम्पन्न बन्न सक्दैन । नेपालले आफ्नो स्थान विश्वमा बनाउनु छ, समृद्ध बनाउनु छ भने एग्रिकल्चर नै एउटा माध्यम हो । सयौँ वर्षसम्म एउटै जनजीवन थियो तर यो ३० वर्षमा धेरै परिवर्तन भयो, आधुनिकताको नाममा राम्रा कुराहरु बिर्सिएका छौँ । जगैदेखि उखालेर फालेका छौँ ।’

कृषक र कृषि प्राविधिकहरुको यो प्रतियोगिता नेपालमै पहिलो पटक भएको हो । जसलाई दुई भागमा विभाजन गरिएको छ । १६ औं एपिसोडसम्म रअ कार्यक्रम चल्नेछ । जसमा कृषि प्राविधिकहरुको छुट्टै र कृषकहरुबीच छुट्टै प्रतिष्पर्धा हुनेछ । कार्यक्रम सञ्चालन महानायक राजेश हमालले गर्नुहुनेछ । दुवैतर्फ एक/एक विजेता चयन हुनेछन् । विजेताले १० लाख भन्दा बढी नगद पाउनुहुनेछ । त्यस्तै कार्यक्रम कुन टेलिभिजनबाट प्रशारण हुने भन्ने टुंगो लागि नसकेको भएपनि माघबाट प्रतिष्पर्धा शुरु हुने आयोजकले जनाएको छ ।