२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

गौहत्याको विरोधमा सरकारलाई राप्रपाको ज्ञापनपत्र



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गौहत्याको विरोधमा आज देशका ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ ।

पछिल्लो समय राष्ट्रिय जनावर गाईको हत्या गर्ने कार्य भएको भन्ने समाचार आइरहेकाले गौहत्याको विरोधमा आज सरकारलाई ज्ञापनपत्र बुझाइएको राप्रपाका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताउनुभयो ।

उहाँले भन्नुभयो, “गाईको हत्याजस्तो जघन्य अपराध भइरहेका समाचार आइरहेकाले यस्तो कार्य रोक्न माग गर्दै ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारलाई ज्ञापनपत्र बुझाएका छौँ, गौवंश हत्याको विरोध गरी सामाजिक सद्भाव कायम राख्न यस ज्ञापनपत्रमार्फत प्रधानमन्त्रीलाई आग्रह गरिएको छ ।”

सो ज्ञापनपत्रमा गौहत्याको विरोध, दोषीलाई कारबाही एवं विद्यमान कानुनको पालनाको माग गर्नुका साथै देशमा धार्मिक सांस्कृतिक सद्भाव कायम गर्न माग गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।