४ बैशाख २०८२, बिहीबार
April 17, 2025 Thursday

21.27°C

काठमाडौं

21.27°C

Kathmandu

Feels-like: 21.49

Wind: 6.17

Humidity: 78

Latest
प्रधानमन्त्रीदेखि मुख्यमन्त्रीका नाममा रोजगार कार्यक्रमः कार्यान्वयनको अवस्था बेहाल कोरलामा व्यापारिक चहलपहल बढ्यो ‘बिना तयारी भारु विनिमयदर प्रणाली बजारलाई छोड्दा राजनीतिक, सामाजिक र आर्थिक संकट निम्तिन्छ’ नेपाललाई आयातित विकृतिहरुको डम्पिङ साइट बनाउन खोजिँदैछ, त्यो स्वीकार्य छैनः प्रधानमन्त्री ओली शिक्षकहरुको आन्दोलन–फोटोफिचर द्वन्द्वकालमा भएका जघन्य अपराधलाई माफी दिन सकिँदैनः प्रधानमन्त्री चिनियाँ राष्ट्रपति सी कम्बोडिया भ्रमणमा प्रचण्डले भनेको आधारमा सरकार ढल्दैनः कांग्रेस २०८४ सम्म सरकारमा जाँदैनौँः अध्यक्ष दाहाल उत्पादन कर्णालीमा, व्यापार काठमाडौँमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेले अन्य प्रतिपक्षीको मतलव गरेन: सन्तोष परियार



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)ले अन्य प्रतिपक्ष दलहरुलाई मतलव नै नगरी समिति सभापति लिएको बताउनुभएको छ ।

मंगलवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक परियारले एमालेले अरु पार्टीहरुलाई कुनै मतलव नै नगरी समिति सभापति लिएर गल्ती गरेको बताउनु भयो ।

उहाँले एमालेले मै लाउँ मै खाउँ भन्नेजस्तो व्यवहार गरेको बताउनु भयो । उहाँले सत्तापक्षले गठबन्धन टिकाउन र प्रमुख प्रतिपक्षलाई मत्थर बनाउन समिति सभापति बाँडिएको बताउनु भयो । उहाँले संसदलाई प्रभावशालि र गतिशिल बनाउन नभइ संकुचन गराउने प्रयास भएको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो – ‘समिति कुन नियतबाट बनाइएको छ भन्नेकुरा महत्वपूर्ण हुन्छ । यदी साँच्चिकै संसदलाई प्रभावशालि बनाउने, संसदलाई गतिशिल बनाउने हिसावमा लिएको हुन्थ्यो भने त्यो अर्कै हुन्थ्यो । यहाँ त नियत नै कस्तो छ भने त्यसलाई प्रभावकारी होइन कि संकुचन गर्ने । लोकतान्त्रिक विधिलाई अपm्ठ्यारोमा पार्ने र आफ्नो स्वार्थउपर प्रयोग गर्ने देखिएको भएर हामीले नलिएको हो । समिति बाँडफाँटमा सत्तापक्षले गल्ती गर्‍यो । दोस्रो कुरो प्रमुख प्रतिपक्षले अरु प्रतिपक्षी पार्टीहरुलाई कुनै मतलव नै नगरी मै खाउँ मै लाउँ जसरी गर्‍यो । यो दुईवटै गल्ती भयो । सत्तापक्षले गठबन्धन टिकाउन र प्रमुख प्रतिपक्षलाई मत्थर बनाउन बाँडियो ।’

उहाँले रास्वपालाई एउटा समिति सभापति लिनका लागि प्रस्ताव आएको भएपनि आफूहरुले नलिएको बताउनु भयो ।