१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पूर्वराष्ट्रपतिद्वारा धादिङ बस दुर्घटनाप्रति दु:ख व्यक्त



अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति बिद्यादेबी भण्डारीले धादिङको गजुरीमा भएको बस दुर्घटनाप्रति दु:ख व्यक्त गर्नुभएको छ ।

आज काठमाडौँबाट म्याग्दीको बेनीतर्फ जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका–२ को राजमार्गबाट त्रिशूली नदीमा खस्दा आठ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अमूल्य जीवन गुमाउनुहुने यात्रु महानुभावहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँले मृतकका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले उपचाररत घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्दै नेपालमा बढ्दो यातायात दुर्घटनाबाट मानव जिवनको रक्षाको लागि सम्बन्धित सबैको पक्षको ध्यानाकर्षणको समेत गराउनु भएको छ ।