काठमाडौँ — नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले ह्वीप उल्लङ्घन गर्नेलाई पार्टी कारबाही गर्ने बताउनु भएको छ ।
न्यूज पोलार संग भट्टराईले भन्नुभयो 'ह्वीप उल्लङ्घन क्षम्य नहुने अपराध हो , ह्वीप जहाँ पायो त्यहाँ, जे पायो त्यहीँ विषयमा जारी हुन्न,खास(खास विषयमा गम्भीर रूपमा जारी हुन्छ । त्यो पालना सबैले गर्नैपर्छ ।" पार्टीकै माधब नेपाल समूहले संसद बैठकमा अनुपस्थित हुने निर्णय पछि भट्टराइले यस्तो प्रतिक्रिया दिनुभएको हो ।
उहाँले भन्नुभयो 'संसदीय व्यवस्थामा ह्वीप उल्लङ्घन गम्भीर अपराध हो यदी उहाँहरु अनुपस्थित हुनु भयो र ह्वीप उल्लङ्घन गर्नुभयो भने पार्टी केन्द्रीय कमिटी बैठक बसेर कारबाहीबारे छलफल गर्छ ।"











