२१ श्रावण २०८३, बिहीबार
,
Latest
धवल शमशेरको आरोप – राप्रपाले राजाको नाममा भोट मात्रै बटुल्यो ग्यास नपाए वा कालोबजारी भए ९८५१११६७७३ मा फोन गर्न सरकारको अपिल हिन्दु अधिराज्य र संवैधानिक राजसंस्था पुनःस्थापनाको एजेन्डासहित ‘जय नेपाल पार्टी’ घोषणा उपत्यकाको यातायात संरचनामा दीर्घकालीन परिवर्तन ल्याउने गुरुयोजना न्यायोचित भाडादर र राइडरको हकहितका लागि ‘इन्ड्राइभ’ कार्यालय घेराउ (तस्बिरहरु) नागेन्द्र साह बने नेपाल आयल निगमका कार्यकारी निर्देशक मर्दी पदयात्राबाट फर्किने क्रममा सम्पर्कविहीन तीन युवाको सकुशल उद्धार जनकपुर यातायात कार्यालयले एक वर्षमा उठायो रु ५७ करोडभन्दा बढी राजस्व १५ भदौसम्मका लागि संसदको कार्यतालिका सार्वजनिक, १० दिन मात्र बैठक बस्ने दाङमा ९४ प्रतिशत रोपाइँ सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

महिला टि–२० आई: नेपाल र कुवेत भिड्दै



अ+ अ-

काठमाडौं । चार देश सम्मिलित महिला टि–२० आई सिरिज अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज कुवेतसँग खेल्दैछ ।मलेसियाको बायोमास ओभलमा हुने खेल नेपाली समयअनुसार ११ : ४५ बजेबाट सुरु हुनेछ ।

नेपाल आजको खेल जिते फाइनलमा जाने सम्भावना रहेको छ । नेपालले पहिलो खेलमा हङकङलाई ६ विकेटले हराएको थियो । पहिलो खेलमा हङकङलाई हराउन स्पिनर सीता रानामगरले पाँच विकेट लिएकी थिइन् ।

यता, कुवेत भने पहिलो खेलमा मलेसियासँग ८ विकेटले पराजित भएको थियो ।

चार देश सम्मिलित सिरिजमा कुवेत, हङकङ, मलेसिया र नेपाल छन् । नेपालले अन्तिम खेल शुक्रबार मलेसियासँग खेल्नेछ । शीर्ष दुईमा रहन सके नेपालले शनिबार फाइनल खेल्नेछ ।

नेपालको टोली:

रुविना क्षेत्री (कप्तान), सीता रानामगर, इन्दु बर्मा, विन्दु रावल, कविता कुँवर, कविता जोशी, पुजा महतो, सम्झना खड्का, ईश्वरी विष्ट, काजोल श्रेष्ठ, रुवी पोदार, अप्सरी बेगम, अश्मिना कर्माचार्य र खुशी डंगोल ।