२३ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारका कारण देशलाई त लाग्यो लाग्यो, संविधानलाई पनि कोरोना लाग्यो : प्रचण्ड



अ+ अ-

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमद दाहाल प्रचण्डले वर्तमान सरकारकै कारण मुलुकको संविधानलाई पनि कोरोना लागेको बताएका छन् ।

आजको संसद बैठकमा उनले भने, हाल देश कोरोना महामारीका कारण संकटमा छ सरकारका कारणले र सरकारकै कारणले नेपाली जनताले निर्माण गरेको संविधानमै कोरोना लागेको छ । उनले संसदमा भने, यही सरकारकै कारण देशमा त कोरोना लाग्यो, लाग्यो संविधानलाई पनि कोरोना लागेको छ ।

यो सबै वर्तमान सरकारले गरेका गल्तीका कारणले भएको हो भने । सरकारकै कारणले संविधान क्षतविक्षत भएको र कोरोना लागेको अवस्थामा पुगेको उनले भने । उनले भने प्रधानमन्त्री केपी ओलीले संवैधानिक गणतन्त्र, लोकतन्त्र सबै चिथोरेको र संविधानमा कोरोना लाग्ने बनाएको बताए ।