काठमाडौं । जनता समाजबादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफूहरु बिश्वासको मतको पक्ष र बिपक्षी दुबैमा नभएको स्पष्ट पार्नुभएको छ ।
प्रतिनिधिशभाको बैठकमा बोल्दै ठाकुर आफूहरुको सबै मागहरु पुरा नभएका कारण पक्ष वा बिपक्षमा नभएको स्पष्ट पार्नुभएको हो ।
उहाँले आफूहरुको माग केपी ओली सरकारले केही हद सम्म सुनेको भन्दै प्रधानमन्त्री ओलीलाई धनयवाद समेत दिनुभयो । नेता ठाकुरले अझै पनि आफूहरु पीडित भएको भन्दै राजनीतिक आन्दोलनमा लागेका कारण अझै पनि धेरै साथीहरु तारेख अथवा मुद्दामा रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो रेसम चौधरीलाई हामी यहाँ देख्न चाहान्छौ तर किन सकेनौ ?











