काठमाडौं । अभिनेत्री वर्षा राउतलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सामाजिक सञ्चालमार्फत आफुलाई कोरोना भएको उनले जानकारी दिएकी हुन् ।
कोरोना पुष्टि भएपछि उनी होम आइसोलेसनमा रहेकी छन् । उनले आफुमा गन्ध हराएको र खोकी लागिरहेको जस्ता लक्षण देखिएको उल्लेख गरेकी छन् ।
यस्तै उनले सबैलाई सुरक्षित रहन आग्रह गर्दै ठीक भएर चाँडै काममा फर्किने विश्वास व्यक्त गरेकी छन् ।











