२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

संसदले प्रधानमन्त्रीलाई विश्वासको मत दिएन

संसदले प्रधानमन्त्रीलाई विश्वासको मत दिएन
अ अ+ अ-

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्न असफल भएका छन् । प्रधानमन्त्रीले वर्तमान प्रतिनिधिसभाबाट विश्वासको मत पाउँ भनी संसदमा प्रस्ताव दर्ता गराएकामा आज त्यस प्रस्तावको पक्ष र विपक्षमा मतदान भएको थियो । 

उक्त प्रस्तावमा भएको मतदानमा प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न असफल भएका हुन् ।

प्रधानमन्त्रीप्रति विश्वास छ भनी मतदान गर्ने सांसदको संख्या ९३ र विपक्षमा अर्थात वर्तमान प्रधानमन्त्रीप्रति विश्वास छैन भनी मतदान गर्ने सांसदको संख्या १२४रहेको छ । यसै गरी १५ सांसद तटस्थ बसे भने ३९ सांसद अनुपस्थित रहे । 

आजको यस मतदान प्रक्रियाको रमाइलो पक्ष चाहिँ के थियो भने प्रधानमन्त्री ओलीकै दलका असन्तुष्ट समूहका रुपमा रहेका माधव नेपाल र झलनाथ खनाल समूहका सांसदहरुले भने आफ्नै पार्टी अध्यक्ष ओलीलाई मत दिएनन् । 

यद्यपि, नेकपा एमालेले ह्वीप नै जारी गरेर प्रधानमन्त्रीको विश्वको मतको पक्षमा मतदान गर्न भनेको थियो । ह्वीपका बाबजुद पनि उनहिरु अनुपस्थित भएका हुन् ।   
संसदमा आज भएको मतदानपछि सभामुख अग्नि सापकोटाले सो परिणाम सुनाएका हुन् । 

आजका लागि आह्वान गरिएको संसदको बैठकमा नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीको विपक्षमा मतदान गर्ने निर्णय नै गरेका थिए । 

तर उता वर्तमान सत्ताको साँचो हातमा रहेको भनिएको मधेश केन्द्रित दल जसपाले भने पक्ष या विपक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई स्वतन्त्र छोडिदिएको थियो । 

उता नेकपा एमालेकै असन्तुष्ट समूह माधव नेपाल र झलनाथ खनालले भने आफ्ना सांसदहरुलाई संसदमै उपस्थित नहुन आह्वान गरेबमोजिम उनीहरु उपस्थित भएनन् । 

प्रधानमन्त्रीले संसदबाट विश्वासको मत दिन नसकेपछि अब सरकार गठनको प्रक्रिया नयाँ मोडमा प्रवेश गरेको छ ।