२१ श्रावण २०८३, बिहीबार
,
Latest
सुनको मोल तोलामा ८ हजारले वृद्धि उपभोक्ता संरक्षण ऐन र चिकित्सा क्षेत्रमा देखिएको चुनौती जमल डुबानको मुख्य कारण निकास संरचनाको कमजोर क्षमता, दीर्घकालीन समाधानका लागि नयाँ ढल प्रणाली आवश्यक नेपाल टेलिकमका ब्रान्ड एम्बेसडर बने क्रिकेटर कुशल भुर्तेल एआईसँग नडराउन र प्रविधिमैत्री बन्न लेखापरीक्षकहरूलाई एक्यान अध्यक्ष नेपालको आग्रह झापा अदालतमा सम्बन्धविच्छेदका अधिकांश मुद्दा मिलापत्रमार्फत टुङ्गिए आर्थिक विकास र सुशासनका लागि पारदर्शी लेखा परीक्षण अनिवार्यः परिसंघ अध्यक्ष पाण्डे महालेखा परीक्षकको कार्यालय निजी क्षेत्रमैत्री हुनुपर्छः अध्यक्ष अग्रवाल ‘वित्तीय ऐन–कानून परिमार्जन र बुझाइमा एकरुपता आवश्यक’: महालेखा परीक्षक राया धनुषा जिल्ला अदालतद्वारा पाँच हजार २१६ मुद्दा फछ्र्योट
तपाईं के खोज्दै हुनुहुन्छ ?

ललिता निवास प्रकरण: विजयकुमार गच्छदारसँग सिआईबीले लियो बयान



file photo
अ+ अ-

काठमाडौं । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले ललिता निवास जग्गा प्रकरणमा मुछिएका पूर्व उप–प्रधानमन्त्री विजयकुमार गच्छदारसँग बयान लिएको छ ।

सिआईबीका अनुसन्धान अधिकृतहरुले सोमबार साँझ गच्छदारसँग बयान लिएका हुन् ।

गच्छदारविरुद्ध अदालतबाट पक्राउ पुर्जी पनि जारी भईसकेको छ । सिआईबीको फरार सूचिमा रहेका उनलाई बयान लिएर छोडिएको छ । सोमबार नै अनुसन्धान प्रतिवेदन बुझाउने तयारीमा रेहेको सिआईबी पूर्वमन्त्री चन्द्रदेव जोशी र गच्छदारको बयान लिँदा ढिला भएको अधिकारीहरु बताउँछन् ।

संगठित रुपमा सरकारी लिखत किर्ते गरेर ललिता निवासको १४७ रोपनी जग्गा हिनामिना प्रकरणमा गच्छदार संलग्न रहेको सिआईबीको अनुसन्धान निष्कर्ष छ । यस प्रकरणमा हाल १८ जना हिरासत छन् ।