२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता News Polar कांग्रेस सभापतिमा गगन थापा विजयी News Polar सगरमाथा आरोही हरिलाले ल्याइन् वृत्तचित्र, News Polar नक्कली शैक्षिक प्रमाणपत्रको आरोपपत्र दायर News Polar यात्रुवाहक बसको ठक्करबाट वरिष्ठ लेखा अधिकृतको मृत्यु News Polar बिमिस्टेक सम्मेलनको पूर्वसन्ध्यामा उद्योगी–व्यवसायीसँग गृहमन्त्रीको अन्तरक्रिया News Polar मानसिक स्वास्थ्य चुनौती कम गर्न प्रदेश सरकार प्रतिबद्ध छः मुख्यमन्त्री शाही News Polar लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा News Polar मामाघर आश्रमको सामाजिक लेखापरीक्षण सम्पन्न, ७० बालबालिका संरक्षणमा News Polar चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

राष्ट्रपतिबाट नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान

राष्ट्रपतिबाट नयाँ सरकार गठनका लागि दलहरुलाई आह्वान
अ अ+ अ-

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि नेपालको संविधान २०७२ को धारा ७६ (२) बमोजिम राजनीतिक दलहरुलाई आह्वान गर्नुभएको छ । 

सो धारा बमोजिम दुई वा दुई भन्दाबढी दलहरुका तर्फबाट नयाँ सरकारका लागि दाबी पेश गर्न सक्नेछन् । 

वर्तमान सरकारका प्रधानमन्त्री केपी ओलीले सरकारमा बसिरहन विश्वासको मत गुमाएपछि राष्ट्रपतिबाट नयाँ सकारका लागि दुई वा दुई भन्दाबढी दलहरुलाई यसरी आह्वान भएको हो ।

दुई वा दुई भन्दाबढी दलले नयाँ प्रधानमन्त्रीको दाबी सहित पेश गर्ने समय यही वैशाख ३० गते विहीबार साँझ ९ बजेसम्मका लागि दिइएको छ । 

हाल कायम रहेको सरकार नेपालको संविधानको धारा ७६ (३) बमोजिमको नेकपा एमालेको अल्पमतको सरकार थियो । सो सरकारले पनि आज संसदमा भएको मतदानमा विश्वास गुमाएको हो ।