२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

रणदीपले फिल्मका लागि चार्ल्स शोभराजलाई काठमाडौँमा भेटेका थिए



अ+ अ-

एजेन्सी । २० अगस्ट १९७६ मा जन्मिएका बलिउड अभिनेता रणदीप हुड्डाले आइतबार आफ्नो ४८ औं जन्मदिन मनाएका छन् । रणदीप बलिउडमा आफ्नो क्यारेक्टरलाई उत्कृष्ट रुपमा निभाउने कलाकारका रुपमा परिचित छन् ।

चाहे ‘हाइवे’को किडन्यापर महावीर भाटी होस्, ‘सरबजीत’को भावनात्मक पात्र होस् वा ‘बागी २’ मा कमेडी भूमिका, रणदीपले प्रत्येक पात्रलाई पहिले आफूले अनुभव गरे र त्यसपछि दर्शकसामु प्रस्तुत गरे ।

२०१५ मा फिल्म ‘मै और चार्ल्स’मा रणदीपले बिकिनी किलर भनेर चिनिने चार्ल्स शोभराजको भूमिका निभाएका थिए । चार्ल्सलाई नजिकबाट चिन्नका लागि रणदीपले चलचित्रका निर्देशक पी. रमनलाई काठमाडौँ जेलमा रहेका चार्ल्स शोभराजलाई भेट्न आग्रह गरे । निकै मिहिनेतपछि रणदीपले १० मिनेट चार्ल्स शोभराजलाई भेट्ने मौका पाए ।

ई–टाइम्सलाई दिएको अन्तर्वार्तामा रणदीपले चार्ल्स आफूबाट सात फिट टाढा रहेको बताए । ‘जब म उसको नजिक पुगेँ, उनले मलाई चिनेनन् । त्यसपछि मैले उनलाई आफ्नो र फिल्मको बारेमा भनेँ । उनले मलाई फिल्मको लागि शुभकामना दिए । मैले पात्रको लागि कहाँबाट तयारी गरें भनेर पनि उनलाई चासो लाग्यो । मैले तपाईको उपलब्ध भिडियोहरूबाट यसको लागि तयारी गरेको छु भनेँ । उनले फिल्मको पोस्टरमा अटोग्राफ समेत दिए ।’

 




भर्खरै