२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतले प्याज निर्यातमा ४० प्रतिशत भन्सार लगायो: जुन महिनामा अझै मूल्य बढ्ने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । भारत सरकारले प्याज निर्यातमा ४० प्रतिशत भन्सार लगाएको छ ।

भारतको अर्थ मन्त्रालयले मूल्यवृद्धि नियन्त्रण गर्न र आन्तरिक बजारमा भान्साका सामग्रीहरुको सुनिश्चित गर्ने उद्देश्यले ४० प्रतिशत निर्यात कर लगाउने निर्णय गरेको हो ।

प्याजमा निर्यात शुल्क तत्काल लागू हुनेछ भने आगामी डिसेम्बर ३१, सन् २०२३ सम्म जारी रहने बताइएको छ । भदौमा प्याजको मूल्य निरन्तर उकालो लागेपछि निर्यातमा ४० प्रतिशत भन्सार दस्तुर लगाउने निर्णय भएको हो ।

आगामी महिना प्याजको मूल्य झनै बढ्नसक्ने तथ्यांकले देखाएको छ । अगस्टमा संघीय सरकारले मूल्य नियन्त्रणका लागि स्टक प्याज निकालेको थियो । जुन महिनामा भारतमा टमाटरको मूल्य महंगिएको थियो । भारतका प्रमुख बजारमा टमाटरको खुद्रा मूल्य प्रतिकिलो ३ अमेरिकी डलरसम्म पुगेको थियो ।

साथै टमाटरको मूल्य बढेसँगै नेपालबाट समेत टमाटर आयात गरेको भारतीय अर्थमन्त्री निर्माला सीतारमणले बताउनुभएको थियो ।