२५ जेष्ठ २०८३, सोमबार
,
Latest
यु-१९ महिला राष्ट्रिय क्रिकेटः कर्णाली दोस्रोपटक पराजित करका दर हेरफेर र प्रधानमन्त्रीको अभिव्यक्तिप्रति एमालेको आपत्ति, संसदीय छानबिन समितिको माग ‘पोलिसी कब्जा’ र म्याक्रो सिण्डिकेटहरूको अन्त्य गर्दैछौँ, ‘छटपटी’ हुनेलाई भइरहोस्ः अर्थमन्त्री वाग्ले फिलिपिन्स भूकम्प अपडेट : कम्तीमा १५ जनाको मृत्यु कांग्रेस नीति प्रतिष्ठानको चौथो बैठक जेठ २७ गते बस्ने मुलुकको राष्ट्रियता र जनसरोकारका मुद्दामा सरकार गम्भीर नभएको सांसद केरुङको आरोप ६ लाख बाँदर नमारेसम्म किसानले सुख पाउँदैनन्ः सांसद राई ५० अर्बभन्दा बढी विद्युत् बक्यौता छिटो उठाउन ऊर्जा मन्त्री श्रेष्ठको आग्रह नेपालको आर्थिक सुधारप्रति आइएमएफ सन्तुष्ट, ४२.९ मिलियन डलर सहायता उपलब्ध हेटौँडामा रास्वपाको प्रथम प्रदेश अधिवेशन, सभापति लामिछानेले उद्घाटन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसियाली खेलकुद टोलीको मेडिकल पार्टनरमा ब्लु क्रस हस्पिटल प्रा.लि



अ+ अ-

काठमाडाैं  चीनको हाङझावमा सेप्टेम्बर २३ देखि अक्टोबर ८ तारिखसम्म हुने १९ औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली टोलीको उपचारका लागि स्वास्थ्य सेवा उपलब्ध गराउने सम्बन्धमा राष्ट्रिय खेलकुद परिषद् र ब्लुक्रस हस्पिटल प्रा.लि. बीच सम्झौता भएको छ ।

तालिम तथा प्रशिक्षण विभागका प्रमुख एवं १९ औं एसियाली खेलकुद तयारी समितिका सचिव प्रचण्ड शर्मा र ब्लु क्रसकी वित्तिय तथा प्रशासनिककी निर्देशक सतिदेवी गौतम सिंहले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गर्नु भयो । ब्लु क्रस हस्पिटलले सहुलियत दरमा एसियाड टोलीलाई उपचार सेवा उपलब्ध गराउने छ । सम्झौता २०२३ नोभेम्बर ८ तारिखसम्म कायम रहने छ ।

कार्यक्रममा प्रशासन विभागका प्रमुख प्रेमबहादुर मल्ल, खेलकुद चिकित्सा तथा अनुसन्धान केन्द्रका प्रमुख दोबे तामाङ, ब्लु क्रसका श्रीप्रसाद तिवारी र सन्ध्या केसीलगायतको उपस्थिति रहेको थियो ।