२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहाल र एसिया रग्बीका अध्यक्ष कायसबीच छलफल



अ+ अ-

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एसिया रग्बीका अध्यक्ष कायस अल धलाईबीच भेट वार्ता भएको छ ।

आइतबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा नेपालमा रग्बी खेल विकासका विषयलाई लिएर छलफल भएको हो । सो अवसरमा एसिया रग्बीका अध्यक्ष कायसले नेपाल सरकारले रग्बी खेल विकासमा गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे । साथै नेपाल रग्बी संघले लगातार दुई वर्ष एसिया रग्बीको अन्तर्राष्ट्रिय प्रतियोगिता गरिरहेको र उक्त आयोजना सरकारको सहयोग बिना सम्भव नभएको कायसले धारणा राखेका थिए ।

‘नेपालले पछिल्ला समय रग्बीमा विकास गरेको छ । सरकारको सहयोग बिना त्यो सम्भव थिएन । एसिया रग्बीको तर्पmबाट धन्यवाद दिन चाहन्छौं,’कायसले भने ।

प्रधानमन्त्री दाहालले नेपाललाई विश्वास गरेर लगातार दुई प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी दिएकोमा एसिया रग्बी र अध्यक्ष कायसलाई धन्यवाद दिए । ‘एसिया रग्बीले नेपाललाई विश्वास गरेर दुई प्रतियोगिता आयोजन गर्ने जिम्मेवारी दिएकोमा धन्यवाद दिन चाहन्छु । हाम्रो सरकार र मेरो प्राथमिकतामा नै खेलकुद र युवाहरूको विकास गर्ने तर्पm थियो । त्यहीअनुसार नै अन्य खेलसँगै रग्बीको विकासमा पनि सरकारले सहयोग गरिरहनेछ,’उक्त भेटमा रहेका नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटाले प्रधानमन्त्रीको धारणा उल्लेख गर्दै । उक्त भेटमा विश्व रग्बी युनियनका एसियाका लागि पार्टनरसिप म्यानेजर रिड्ज्याल स्याट र राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङको पनि उपस्थिति रहेको थियो ।