६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

अनुसन्धानमा भइरहेको कमीकमजोरीबारे थाहा पाउन संसद खुल्न आवश्यक– रवि लामिछाने

अनुसन्धानमा भइरहेको कमीकमजोरीबारे थाहा पाउन संसद खुल्न आवश्यक– रवि लामिछाने
फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सदन खुलाउन सबै दलका नेताहरु जिम्मेवार हुनुपर्ने बताएका छन् ।

सिंहदरबारमा प्रधानमन्त्रीले राख्नुभएको बैठकपछि सञ्चारकर्मीहरुसँग बोल्दै उनले यस्तो बताएका हुन् ।

के कुरा भन्नुपर्छ सदनमा भनौं भन्दै उनले भने, ‘हाम्रो लाइन समिति बन्न सक्छ भने बनाउँदा पनि फरक परेन । नबन्दा पनि सीआईबीले काम गरेको सही छ छैन भनेर हामीले प्रश्न गर्न पाउनुपर्छ । संसदमा प्रश्न गर्न पाउनुपर्‍यो । संसद खुल्यो भने हामीले गृहमन्त्रीलाई प्रश्न गर्न पाउँछौं ।’

सभापति लामिछानेले सदन खुलेमा मात्र अनुसन्धानमा भइरहेको कमीकमजोरीबारे थाहा पाउन सकिन्छ भन्दै संसद खोल्न जोड दिए । उनले थपे,’संसद चाहिँ अवरोध हुन भएन भन्ने हाम्रो लाइन हो । जे छलफल गर्नुपर्छ संसदमा गर्नुपर्‍यो । के कुरा भन्नुपर्छ, सदनमा भनौं भन्ने हाम्रो लाइन हो ।’

आज प्रधानमन्त्रीले राखेको बैठकमा कुनै सहमति नभएपछि भोलि फेरि बस्ने सहमति भएको छ । दलहरुबीच कुरा नमिलेपछि आज बोलाइएको प्रतिनिधिसभाको बैठक मंगलबारका लागि सारिएको छ ।

सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिको अडान राख्दै एमालेले निरन्तर संसद अवरोध गर्दै आईरहेको छ ।