२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसद अवरोध हटाउन राजनीतिक दलहरुबीच सहमति गर्नुको विकल्प छैन: सभामुख घिमिरे



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदको अवरोध खुलाउन राजनीतिक दलहरुबीच सहमति गर्नु बाहेकको विकल्प नरहेको बताउनुभएको छ ।

आईतवार संसदको अवरोध खुलाउन दलका प्रमुख सचेतक र सचेतकहरुसँगको छलफलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले संसदको अवरोध हट्ने कुरा सुन तस्करीको छानबिन गर्नको लागि उच्चस्तरीय छानबिन समिति बनाउनेकुरामा अड्किएको बताउनु भयो । उहाँले प्रतिपक्षले उच्चस्तरीय छानबिन समिति बनाउन सरकारलाई आदेश नदिएको आरोप लगाएको बताउनु भयो । उहाँले दलहरुको बीचमा समझदारीको वातावरण बन्नसके संसद अवरोध हट्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसद खुलाउने प्रयास छ र खुल्नुपर्छ भन्ने मान्यता सबैको छ । खुल्ने की नखुल्ने भन्नेकुरा समिति बनाउने की नबनाउने भन्नेमा नै गएर अड्किने गरेको छ । दलहरुसँगै छलफल गर्ने हो, अहिले पनि दलमा छिटो समस्या मिलाउनुस् भनेको छु । प्रतिपक्षले सत्तालाई तुरुन्त आदेश निर्देश गरेर समिति बनाउन भन्ने निर्देशन दिन सभामुखले आफ्नो कर्तव्य निभाउनु पर्छ, सभामुख सरकारको पछिपछि हिँडेर हुन्छ, प्रतिपक्षले माग गर्नेकुरा नाजायज छ ? सरकारलाई सघाउन सरकारका अंगले ठिक गर्छन् भनेर बसेर मात्रै हुन्छ भन्ने आरोप छ । समस्याको समाधान गर्न दलहरुले वातावरण बनाउनु पर्छ, निकास दिनुपर्छ, मैले सक्दो सहयोग गरिरहेको छु । कोशिस पुगेन भन्ने छ, के हुँदा हुन्छ म त्यो गर्न तयार छु । उहाँहरुले त्यसमा सहमति गर्नु बाहेक अर्को बाटो छैन । दलहरुकै बीचमा समझदारीको वातावरण हुनुपर्छ ।’

सभामुख घिमिरेले संसदको अवरोध हटाउनका लागि आफूले दलका नेताहरुसँग बसेर छलफल गरिरहेको बताउनु भयो ।