७ श्रावण २०८३, बिहीबार
,
Latest
९औँ ग्लोबल नेपाली फिल्म अवार्ड २०२६ सिड्नी टाउन हलमा हुने त्रिभुवन विश्वविद्यालयले मनायो ६७औँ वार्षिकोत्सव गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रगतिशील शक्ति एकजुट हुनुपर्छः संयाेजक दाहाल देशका विभिन्न छ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा नापतौलयन्त्र नवीकरण नगर्ने र उपभोक्ता ठग्ने ६ हजार प्रतिष्ठान कारबाहीमा झापाको अर्जुनधारामा लालपुर्जा वितरण, १८ परिवार बने जग्गाधनी चार वर्षभित्र विश्वविद्यालयमा हुने राजनीतिक हस्तक्षेप र भागबण्डा अन्त्य गर्छौंः शिक्षामन्त्री पोखरेल कृषकलाई १७ हजार ४७७ बोरा युरिया मल वितरण पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना सहुलियतपूर्ण कर्जाको ब्याज अनुदानसम्बन्धी कार्यविधि संशोधन: किस्ता भुक्तानीमा ढिलाइ भएपनि अनुदान नगुम्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीमा गुरुङ नै मुख्यमन्त्री बन्ने संकेत



अ+ अ-

काठमाडौं । गण्डकी प्रदेशमा पृथ्वीसुव्वा गुरुङ नै मुख्यमन्त्री बन्ने संकेत देखा परेको छ । काँग्रेस लगायत विपक्षी गठबन्धनले आफ्नो पक्षमा सरकार बनाउन बहुमत ३१ सदस्यको हस्ताक्षर बुझाउन नसक्ने देखिएपछि पुनः मुख्यमन्त्रीमा उनै दोहोरिने संकेत देखिएको हो । मंगलबार राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले नै काँग्रेस लगायतको गठबन्धनलाई साथ नदिने स्पष्ट पारेका छन् ।

राष्ट्रिय जनमोर्चा नेपालका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले पटक–पटकको छलफलमा पनि सांसद थापाले हस्ताक्षर गर्न नमानेको बताए । त्यसो त पार्टी सचेतक पियारी थापाले सोमबार कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि हस्ताक्षर जुटाउन आफ्ना सदस्यलाई ह्वीप जारी गरेकी थिइन् । ह्वीप समेत अस्वीकार गरेका थापालाई पार्टीले के कस्तो कारबाही गर्ने हो छलफल हुन बाँकी रहेको बरालले बताए ।

नयाँ सरकार गठनमा काँग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्रीको रुपमा अघि सारिएको छ । २७ वैशाखको लागि संसदमा मतविभाजन तोकिएको अघिल्लो दिन आइतबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख सीताकुमारी पौडेलले ३ दिनभित्र सरकार गठनका लागि आह्वान गरेकी छन् । सोको समयसीमा बुधबार सकिँदैछ ।

 सचेतक पियारी थापा नयाँ सरकार गठनका लागि लागि पर्दा संसदीय दलका नेता कृष्ण थापा मुख्यमन्त्री गुरुङप्रति लचिलो देखिँदै आएका छन् ।गण्डकीमा नेकपा एमालेका २७, काँग्रेसका १५, माओवादी केन्द्रका १२, राजमोका ३, जसपाका २ र १ स्वतन्त्र सांसद छन् । काँग्रेसलाई सरकार बनाउन माओवादी केन्द्र, राजमो र जसपाको साथ आवश्यक पर्छ । एमालेसँगको एकताका कारण बागलुङमा जनमोर्चा विजय भएको र वर्षौदेखिको दोस्ती र स्थानीय नेता, कार्यकर्ता दबाबका कारण पनि सांसद थापाले कांग्रेससँग सहमतिको सरकारमा अनिक्षा देखाएका हुन् ।

बागलुङमा कांग्रेसकै कारण आफ्ना नेता, कार्यकर्ताले दुःख पाइरहेको र झुटा मुद्दामा फसाएकाले कांग्रेसकै नेतृत्वमा जान नहुने उनको अडान थियो । जसकारण गण्डकीमा जनमोर्चा विभाजित भएको हो । सचेतक पियारी थापा भने नयाँ सरकारमा सहभागी हुनुपर्ने अडान राख्दै आएकी छन् । जनमोर्चाका शीर्ष नेतासहितको बैठक मंगलबार बसे पनि हस्ताक्षर गर्न सांसद थापाले नमान्दा नयाँ सरकारको विकल्प झिनो बन्दै गएको हो । यो समाचार राजधानी दैनिकमा छ ।