२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

चालु खाता रु ७२ अर्ब घाटामा र शोधनान्तर करिब रु तीन खर्बले बचतमा



अ+ अ-

काठमाडौँ । गत आर्थिक वर्ष २०७९/८० मा चालु खाता रु ७२ अर्ब १६ करोडले घाटामा रहेको देखिएको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आवको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आव नेपालले रु पाँच अर्ब ९६ करोड बराबर मात्रै खुद प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएको देखिएको छ ।

गत आवमा शोधनान्तर स्थिति रु दुई खर्ब ९० अर्ब ५२ करोडले बचतमा छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति रु दुई खर्ब ५५ अर्ब २६ करोडले घाटामा थियो ।

विसं २०७९ असार मसान्तमा रु १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति २६ दशमलव ६ प्रतिशतले वृद्घि भई २०८० असार मसान्तमा रु १५ खर्ब ३९ अर्ब ३६ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ ।

कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा रु १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०८० असार मसान्तमा २७ दशमलव ४ प्रतिशतले वृद्घि भई रु १३ खर्ब ४५ अर्ब ७८ करोड कायम भएको छ । नेपाल राष्ट्र बैंकबाहेकका बैंक तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति अघिल्लो आवको तुलनामा गत आव चार प्रतिशतले वृद्धि भई रु एक खर्ब ९३ अर्ब ५९ करोड पुगेको छ । गत असार मसान्तसम्मको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२ दशमलव ५ प्रतिशत छ ।

आव २०७९/८० को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११ दशमलव ७ महिनाको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ । गत असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कूल गार्हस्थ्य उत्पादन, कूल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपात क्रमश: २८ दशमलव ६, ८३ र २५ दशमलव एक प्रतिशत रहेका छन् ।रासस