६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

नेपालको भौगर्भिक र भू–सतहको अध्ययन गर्न आवश्यक छ: वामदेव गौतम

नेपालको भौगर्भिक र भू–सतहको अध्ययन गर्न आवश्यक छ: वामदेव गौतम
file photo
अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नेपालको भौगर्भिक र भू–सतहको अध्ययन गर्नुपर्ने बताउनुभएको छ ।

बिहीवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले नेपालको भौगर्भिक र भू–सतहको अध्ययन गर्नु आवश्यक रहेको बताउनुभएको हो ।

उहाँले नेपालको भू–सतह चलायमान रहेको उल्लेख गर्दै भू–सतहको अध्ययन गरेर मात्रै जमिनको प्रयोग गर्नुपर्ने बताउनु भयो । अध्ययन गरेर मात्रै कृषि उत्पादन गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो । उहाँले जथाभावि जमिनमा खनजोत गर्नु नहुने भन्दै जतिधेरै डोजरको प्रयोग गरिन्छ उति नै प्राकृतिक प्रकोपको खतरा रहेको उल्लेख गर्नुभयो । गौतमले आगामी सोह्रौँ आवधिक योजनामा भौगर्भिक र भु–सतहको अध्ययन गर्ने विषय समेट्नुपर्ने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘आजसम्म कुनैपनि योजनाले नेपालको भौगर्भिक र भू–सतहको अध्ययन गरेको पाइएन । के हो स्थिति हाम्रो ? अमेरिकामा जसरी फलाइन्छ यहाँ पनि त्यसैगरी फलाउन सकिन्छ, सकिँदैन ? भारतमा जसरी गर्न सकिन्छ नेपालमा सकिन्छ कि सकिँदैन ? भन्ने विषयमा ध्यान गएको पाइएन । हाम्रो देशको भू–सतह निरन्तर चलायमान अवस्थामा छ । संसारमा सबभन्दा पछि विकसित भएको भू–सतह हो हाम्रो । अरु ठाउँका जतिपनि प्लेटहरु छन्, त्यसमाथि जमिन छ । उनीहरु ५/६/१० अर्ब पहिले विकसित भएका छन् र हाम्रो देशको साढे ५ करोड वर्ष पहिलेको हो । यो भूकम्पको अवस्थामा पनि छ ।

यसलाई राम्ररी अध्ययन नगरीकन हामीले हाम्रो देशको पहाडको, ढुंगाको, माटोको प्रयोग गर्‍यौँ भने हामी निरन्तर असफल हुँदै जान्छौँ । जनधनको क्षति व्यहोरिरहनुपर्ने अवस्था आउँछ । यो विषयमा योजना आयोगले ध्यान दिनुपर्छ । छलफल गर्नुपर्छ भन्ने मेरो विचार हो । भू–सतह निरन्तर चलायमान छ भने त हलो जोत्न, ट्याक्टर चलाउन, डोजर हिडाएर बाटो खन्नु भएन । जति त्यसो गर्नुहुन्छ, त्यत्तिकै महामारी आउँछ । बाढी, पहिरो आउँछ । यस सम्बन्धमा ध्यानै गएको छैन । यस पटक सोह्रौँ योजनामा यो समावेश गर्नुपर्छ ।’

उहाँले नेपालमा उत्पादन भएका कृषि उपजको सही तरिकाले प्रयोग गर्न सके आत्मनिर्भर भइने बताउनु भयो । नेपालमा उत्पादित खाद्यान्नको सही तरिकाले उत्पादन गर्न नसक्दा देश बाहिरबाट आयात गर्नुपर्ने अवस्था आएको बताउनु भयो ।