६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar अमेरिकी प्रतिबन्धबीच उडान रोक्ने निर्देशन नआएको ‘इरान एयर’को दाबी News Polar चीनले नेपाललाई एआईयुक्त मौसम पूर्व–सूचना प्रणाली हस्तान्तरण गर्‍यो News Polar महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी News Polar भोटेकोशी बाढी पीडितका लागि भूतपूर्व सैनिकद्वारा २४ लाख बढी सहयोग News Polar लोक कल्याणकारी विज्ञापनको बिल–बीजक बुझाउने समय थप News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar नेपाल–युगाण्डाबीच असंलग्न आन्दोलनको मन्त्रीस्तरीय बैठकबारे छलफल News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति

कर्णालीमा हवाई उडान प्रतिवन्ध कुनै पूर्वाग्रह राखेर गरिएको होइन: प्राधिकरण

कर्णालीमा हवाई उडान प्रतिवन्ध कुनै पूर्वाग्रह राखेर गरिएको होइन: प्राधिकरण
अ+ अ-

काठमाडौँ । नेपाल नागरिक उडड्यन प्राधिकरणले कर्णालीमा मनसुन अवधिको लागि प्रतिवन्ध लगाएको हवाई उडान पूर्वाग्रह राखेर नगरेको बताएको छ ।

प्राधिकरणले दुर्गम वा पहाडी क्षेत्रका विमानस्थलमा मौसम बिग्रेर हेलिकप्टर वा जहाजहरु पहाडमा ठोक्किएर धेरै दुर्घटना भएको कारण हवाई सुरक्षा नीति अनुसार मनसुन अवधिभरका लागि प्रतिवन्ध लगाएको स्पष्ट पारेको हो ।

प्राधिकरणले कर्णालीका विमानस्थलहरुमा पूर्णरुपमा हवाई उडान प्रतिवन्ध लगाएको नभएर बढी हावा चल्ने समय १२ बजेपछि उडान गर्न नदिएको जानकारी दिएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले दुर्गम वा पहाडी क्षेत्रका विमानस्थलमा मौसम बिग्रेर हेलिकप्टर वा जहाजहरु पहाडमा ठोकिएर धेरै दुर्घटना हुने गरेकाले दुर्घटना न्युनिकरण गर्नका लागि यस्तो निर्णय गरेको बताउनु भयो । उहाँले विमानस्थलहरुलाई आइएफआर नबनाउँदासम्म मनसुन अवधिमा तोकेको अवधिमा मात्रै उडान गर्ने साउन १९ गते प्राधिकरणले निर्णय गरेको बताउनु भयो ।

उहाँले जल तथा मौसम विज्ञान विभागको अध्ययन र विमानस्थल निर्देशिका २०७९ अनुसार बिहानको समय उडान भर्ने र अन्य समयमा उडान गर्दा साँझ हुँदा पाइलटहरुलाई काठमाडौं,नेपालगञ्ज फर्कन हतार हुने र हतारमा उडानको सुरक्षा कमी हुने गरेको बताउनु भयो। उहाँले मनाङ एयरको विमान दुर्घटना भएपछि प्राधिकरणले सधँैभरको लागि नभइ मनसुन अवधिभरका लागि मात्रै बन्द गरिएको बताउनु भयो। उहाँले भिएफआर उडान हुने पहाडी क्षेत्रका विमानस्थलहरु तत्काल आइएफआर गर्ने सम्भवना नभएको बताउनु भयो । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले कर्णालीमा उडानको लागि बिहान कहिलेकाहीँ मौसम बिग्रेर उडान नहुने र धेरै पानी परेकाले गर्दा प्राधिकरणले तोकेको समयमा उडान नहुँदा समस्या भएको बताउनु भयो।

उहाँले प्राधिकरणले पुरानो नियमलाई सुरक्षाको लागि जतिबेला मन लाग्यो त्यतिबेला उडान गर्न पाउने भएकाले निर्णय गरेको बताउनु भयो। उहाँले दुर्घटनाको देश भनेर विश्वले चिन्ने अवस्था आएको भन्दै हवाई उडानबाट मान्छेहरु मर्न नपरोस् भनेर जनताको सुरक्षाको लागि भनेर उडान बन्द गरेको दाबी गर्नुभयो। उहाँले नेपालको पर्यटन क्षेत्रमा ठूलो योगदान हवाई क्षेत्रको रहेको त्यो पनि हिमाली उडानको भएको बताउनु भयो। उहाँले माउण्टेन उडानलाई नेपालले विश्वमा बद्नाम हुनबाट जोगाउनको लागि हवाई दुर्घटना न्युनिकरण गर्न आवश्यक रहेको बताउनु भयो। उहाँले हवाई दुर्घटना न्युनिकरणका लागि भिएफआर र आइएफआरका नियमहरु कडाईका साथ लागू गर्न आवश्यक रहेको बताउनु भयो।

उहाँले भन्नुभयो,‘दुर्गम वा पहाडी क्षेत्रका विमानस्थलमा मौसम बिग्रेर हेलिकप्टर वा जहाजहरुको भिएफआर उडान हुने ठाउँमा पहाडमा ठोकिएर धेरै दुर्घटना भएका छन् । यस्ता दुर्घटना न्युनिकरण गर्नका लागि जल तथा मौसम विज्ञान विभागको एउटा अध्ययन अनुसार र विमानस्थल निर्देशिका २०७९ अनुसार जुन ठाउँको अप्रेसन आउट जे छ त्यही अनुसार उडान गर्ने अन्य समयमा उडान गर्दा साँझ हुँदा पाइलटहरुलाई काठमाडौं,नेपालगञ्ज फर्कन हतार हुने र हतारमा उडानको सुरक्षा कमी हुने गरेको छ । यसअधि मनाङ एयरको विमान दुर्घटना भएपछि नागरिक उड्डयन प्राधिकरणले सुरक्षाको लागि सधैँभरीको लागि नभएर मनसुन अवधिभरका लागि भिएफआर उडान हुने पहाडी क्षेत्रका विमानस्थलहरु जहाँ तत्काल आइएफआर गर्ने सम्भवना छैन ।

विमानस्थलहरुलाई आइएफआर नबनाउँदासम्म मनसुन अवधिमा तोकेको अवधिमा मात्रै उडान गर्ने भनेर साउन १९ गते प्राधिकरणले निर्णय गरौं । त्यसपछि बिहान कहिलेकाँही मौसम बिग्रेर उडान नहुने र धेरै पानी परेकाले गर्दा बिहान प्राधिकरणले तोकेको समयमा उडान भएन दिउँसोको समयमा मौसम राम्रो हुने र बिग्रने गर्दा पुरानो नियमलाई सुरक्षाको लागि जतिबेला मन लाग्यो त्यतिबेला उडान गर्न पाउनु हुँदैन । दुर्घटनाको देश भनेर विश्वले चिन्ने अवस्था भयो । जनताको सहजताको लागि बनाएको हवाई उडानबाट मान्छेहरु मर्न नपरोस् । जनताको सुरक्षाको लागि भनेर उडान बन्द गरेको हो । विमानस्थल बन्द गरेको होइन । नेपालको पर्यटन क्षेत्रमा ठूलो योगदान गरेको हवाई क्षेत्र र हिमाली पर्यटन छ । हिमाली पर्यटन भनेको माउण्टेन हवाई उडान हो । माउण्टेन उडानलाई नेपालले विश्वमा बद्नाम हुनबाट जोगाउनको लागि हवाई दुर्घटना न्युनिकरण हुनुपर्छ । यसको लागि हवाई सुरक्षाका नियमहरु लागू गर्नुपर्छ । भिएफआर र आइएफआरका नियमहरु कडाईका साथ लागू गर्नुपर्छ । यो निर्णय कुनै क्षेत्र र जनतालाई आग्रहपूर्वाग्रह राखेर गरेको निर्णय होइन ।’

नेपाल नागरिक उड्डयन प्राधिकरणले साढे १२ बजेपछि नियमित यात्रु चार्टर उडान र कार्गो उडामा बन्देज लगाउने निर्णय गत साउन १९ गते गरेको थियो । उक्त निर्णयका करण एक सातदेखि कर्णाली क्षेत्रमा हवाई सेवा ठप्प छन् । अस्पतालले रिफर गरेर पनि हवाइजहाज र हेलिकप्टर नजाँदा हुम्लामा ४ बालबालिकाको मृत्यु समेत भएको छ ।