१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar गौतम बुद्ध विमानस्थल अन्तरराष्ट्रिय उडानको प्रतीक्षामा, निजी क्षेत्रको आशा सरकारतिर News Polar एसियाली खेलकुदः नेपाली धावक पालद्वारा राष्ट्रिय कीर्तिमान News Polar बैङ्किङ कसुरमा फरार रहेका एक पक्राउ News Polar भोटेकोशी बाढीपछिको अनुभव समेट्दै नयाँ जलवायु नीति बनाउन सुझाव News Polar प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची News Polar दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा

लक्षित वर्गको नि:शुल्क उपचारका लागि कार्यविधिको मस्यौदा तयार

लक्षित वर्गको नि:शुल्क उपचारका लागि कार्यविधिको मस्यौदा तयार
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले लक्षित वर्गको नि:शुल्क उपचारलाई प्रणालीमा आधारित, व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन कार्यविधिको मस्यौदा तयार पारेको छ । स्वास्थ्य संस्था सञ्चालन सम्बन्धी मापदण्ड २०७७ बमोजिम लक्षित वर्ग (विपन्न, असहाय, वेवारिसे) व्यक्तिको नि:शुल्क उपचारका लागि कुलमध्ये १० प्रतिशत शय्या उपलब्ध गराउने व्यवस्था कार्यान्वयनका विधि, प्रक्रिया र दायित्वहरु मस्यौदामा राखिएका छन् ।

कार्यविधिमा अनुगमन मूल्याङ्कनलाई मार्ग निर्देश गर्न महानगरपालिकाका प्रमुखको संयोजकत्वमा व्यवस्थापन समितिको प्रस्ताव गरिएको छ । समितिमा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत सदस्य रहनु हुनेछ । यसैगरी स्वास्थ्य मन्त्रालय (संघ र प्रदेश), मेडिकल काउन्सिल, नर्सिङ् काउन्सिल, सरकारी अस्पताल र निजी अस्पतालको छाता संगठनबाट प्रतिनिधि रहनुहुनेछ ।

अस्पतालहरुमा उपचारको समन्वय र सहजीकरणका लागि महानगरपालिकामा चिकित्सकसहितको नि:शुल्क उपचार सेवा एकाई हुनेछ । एकाईमा सबै अस्पतालहरुमा उपलब्ध नि:शुल्क शय्याको संख्या, उपयोग, रोग अनुसारको चिकित्सक सेवा सम्बन्धी विवरण हुनेछ । तथ्याङ्क र सेवाका आधारमा उपचारका लागि अस्पताल र विरामीका बिच समन्वय र सहजीकरण गर्ने काम एकाईको मुख्य जिम्मेवारी हुनेछ । यस प्रक्रियाका लागि विरामीले वडालाई शिफारिसका लागि दिने निवेदन, स्थानीय तहले उपचारका लािग गर्ने शिफारिस, वडाले गर्ने सर्जमिन, विरामीलाई उपचार दिँदा भर्नु पर्ने फारम, दैनिक रजिष्टर, उपचार गर्ने विरामी वा निजको आफन्तबाट प्राप्त गर्नु पर्ने विवरण, प्रतिवेदन लगायत आवश्यक प्रक्रियाका लागि चाहिने ढाँचा अनुसूचीमा राखिएको छ ।

जनस्वास्थ्य विभागले तयार पारेको मस्यौदाका व्यवस्थामाथि आजदेखि क्षेत्रगत छलफल थालिएको छ । उपप्रमुख सुनिता डंगोलको अध्यक्षतामा काठमाडौँ प्लाजाको सभा कक्षमा आयोजना गरिएको पहिलो छलफलका लागि सरकारी अस्पतालका प्रमुखहरुलाई बोलाइएको थियो । छलफलमा महानगरपालिका स्वास्थ्य सल्लाहकार, स्वास्थ्य तथा शिक्षा समितिका पदाधिकारी, कार्यपालिका सदस्य हुनुहुन्थ्यो । महानगरपालिकाभित्र सिभिल, सेन्टर जेल, कान्ति बाल, टिचिङ्, वीर, नेशनल ट्रमा, परोपकार स्त्री तथा प्रसुति रोग अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्र र नेपाल प्रहरी अस्पताल छन् । छलफलमा सबै अस्पतालबाट प्रमुख तथा प्रतिनिधि सहभागी हुनुभएको थियो ।

छलफलका क्रममा सहभागीहरुले, कार्यविधिका व्यवस्थामाभन्दा आफूले दिने गरेको सेवाका विषयमा जोड गर्नुभएको थियो । लक्षित वर्गलाई शय्या र सेवा उपलब्ध गराउन कठिन छैन । तर, औषधि, प्रयोगशालालगायतका सुविधा दिन स्रोतको अभाव हुन्छ । उहाँहरुको साझा धारणा थियो । यसलाई व्यवस्थापन गर्न महानगरपालिकाले ९आर्थिक र जनशक्ति० सहयोग उपलब्ध गराउनु पर्नेमा जोड दिनुभयो ।

सबैको धारणा बुझिसकेपछि उपप्रमुख डंगोलले, नि:शुल्क शय्या र उपचार सम्बन्धी व्यवस्था कार्यान्वयनमा ल्याएपछि थप सहकार्यका विषयमा छलफल गर्न सकिने बताउनुभयो । ‘प्रचलित कानुनले दिएको अधिकार कार्यान्वयन पहिलो दायित्व हो । अस्पताल सञ्चालनका र क्षमता विकास लागि संघ, प्रदेश र स्थानीय सरकारले आफ्ना आफ्ना दायित्व पूरा गर्नुपर्छ । त्यसमा महानगरपालिकाको दायित्व गर्नु पर्ने दायित्व हामी पूरा गर्छौँ । स्वास्थ्यको जिम्मा तहगत सबै सरकारले वहन गर्नुपर्छ ।’ उहाँको जोड थियो ।

‘हामीले तपाईँहरुसँग चलाएको छलफल महानगरले कार्यान्वयनमा ल्याउन खोजेको कार्यक्रम होइन । नेपाल सरकारले कानुनमा गरेको व्यवस्थाको अनुगमन गर्ने जिम्मेवारी हामीमाथि आएकोले व्यवस्था कार्यान्वयन प्रयास थालेका हौँ ।’ छलफलमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले भन्नुभयो, ‘व्यवस्था कार्यान्वयनका लागि कुनै सर्त हुँदैन । निसर्त दायित्व पूरा गर्नुपर्छ ।’

स्थास्थ्य सल्लाहकार डा। जगदीशप्रसाद अग्रवालले भन्नुभयो, ‘विपन्न, असहाय, वेवारिसे विरामीले निजी अस्पतालमा उपचारका लागि जाने कल्पना गर्न सक्दैनन् । हामीले प्रणाली विकास गरेर निजी अस्पतालमा उपलब्ध हुने नि:शुल्क उपचारको पहुँच ती वर्गमा पुर्‍याउनु पर्छ ।’ छलफलमा धारणा राख्दै शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले, जसको कोही छैन । केही छैन । ती वर्गलाई मेरो सरकार छ । भन्ने अनुभूति हुने गरी काम गर्नुपर्ने धारणा राख्नुभयो ।

कार्यविधि कार्यान्वयनमा आएपछि प्रत्येक नागरिकलाई राज्यबाट नि:शुल्क रुपमा आधारभूत र आकस्मिक स्वास्थ्य सेवा प्राप्त गर्ने हक प्रत्याभूति हुने बताउँदै जनस्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले, कोही पनि आधारभूत र आकस्मिक स्वास्थ्य सेवाबाट बञ्चित नहुने वातावरण सिर्जना हुने बताउनुभयो ।

छलफलमा स्वास्थ्योपचारका लागि अहिलेको प्रणाली, त्यसमा अस्पतालहरुको सीमा, निजी र सरकारी अस्पतालका सेवाका विषय उठेका थिए । सेवा व्यवस्थापनमा धारणा राख्ने अधिकारीहरुले, विरामीहरु पैसा हुञ्जेल निजी अस्पतालमा उपचार गराउने, पैसा सकिएपछि सरकारी अस्पतालमा आउने गरेको अनुभव सुनाउनुभयो । नि:शुल्क उपचारका लागि आउने सेवाग्राहीका मनोविज्ञानमा कुरा गर्दै उहाँहरुले, हुने खानेले नि:शुल्क उपचारको शिफारिस लिएर आउने गरेकोले बताउनुभयो । शिफारिसको पनि परीक्षण ९अडिट० हुनुपर्ने उहाँहरुको सुझाव थियो ।

छलफलमा सिभिल अस्पतालका कार्यकारी निर्देशक प्रा। डा। विधाननिधि पौडेलले, गएको आर्थिक बर्षमा अस्पतालले १० करोड ५० लाख रुपैयाँ बराबरको सहुलियत उपलब्ध गराएको जानकारी दिनुभयो । यो अस्पताल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत सञ्चालनमा छ । वीर अस्पतालका निर्देशक डा। सन्तोष पौडेलले, शय्यामा नि:शुल्क वेड लेखेर सेवा दिन थालिएको बताउँदै, यसरी सेवा लिनेको नाम सार्वजनिक हुने बताउनुभयो । उहाँका अनुसार नि:शुल्क उपचारका लागि गएको बर्ष सरकारले १ करोड रुपैयाँ उपलब्ध गराएको थियो । अस्पतालले सेवामा ८ करोड खर्च गर्‍यो । यो विचको खर्च व्यवस्थापन गर्न कठिन छ । उहाँको भनाइ थियो । कान्ति बाल अस्पतालका निर्देशक डा। युवानिधि बसौलाले, अस्पताल६ करोड रुपैयाँ बराबरको नि:शुल्क सेवा दिइएको बताउनुभयो । विकास समिति अन्तर्गत सञ्चालित अस्पताललाई सरकारले दिएको र आफूले गरेको आम्दानी मिलाउँदा पनि खर्च सन्तुलन मिलाउन कठिन छ । उहाँको भनाइ थियो ।

वीरेन्द्र सैनिक अस्पतालका कमान्डन्ट डा। भरत भण्डारीले भन्नुभयो, हाम्रो अस्पतालले शुल्क लिँदैन । सबै सेवा नि:शुल्क हुन्छन् । यो सैनिक कल्याणकारी कोषबाट सञ्चालन भएको अस्पताल हो । यसको सञ्चालनका लागि निर्माण भएको कार्यविधिमा गैरसैनिकलाई सेवा दिन सकिने व्यवस्था छैन । हाम्रो भूमिका विपदका समयमा सक्रिय हुन्छ । यता राष्ट्रिय ट्रमा सेन्टरमा आउने विरामीहरु आर्थिक रुपमा नाजुक हुन्छन् । स्वास्थ्य अवस्था जटिल हुन्छ । अस्पतालका निमित्त निर्देशक डा। ममता भट्टराईले भन्नुभयो, प्रयोगशाला र अङ्ग प्रत्यारोपण जस्ता सेवा महङ्गो खालको सेवा हो । शय्या र सामान्य औषधि दिएर मात्र हुँदैन । मनमोहन कार्डियोथोरासिक भास्कुलर सेन्टरका कार्यकारी निर्देशक प्रा। डा। रत्नमणि गजुरेलले, मुटुको उपचारमा साधन महङ्गा हुन्छन् । एकैजनाका लागि १ लाख बढी लगानी हुन सक्छ । हामीले विरामीलाई नि:शुल्क प्रदान गरे पनि हामीलाई नि:शुल्क हुँदैन । त्यसैले नि:शुल्क उपचारको कुरा गर्दा यो अवस्थाका बारेमा पनि सोच्नुपर्छ । त्रि। वि। शिक्षण अस्पतालका प्रशासन प्रमुख बैकुण्ठ थपलियाले, नि:शुल्क उपचारमा आफूहरुले जिम्मेवारीभन्दा धेरै सेवा दिएको उल्लेख गर्नुभयो ।

प्रहरी अस्पतालका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक आशा सिंहले, जनशक्ति र स्रोतको अभावमा अस्पताल पूर्ण क्षमतामा सञ्चालन गर्न बाँकी रहेको उल्लेख गर्नुभयो ।

आयुर्वेदिक र परम्परागत चिकित्सा पद्धतिलाई प्रवर्धनमा अझै काम गर्न बाँकी रहेको आयुर्वेद अस्पतालका निर्देशक डा। प्रदीप के। सी।ले धारणा राख्नुभयो । परोपकार स्त्री तथा प्रसुति रोग अस्पतालका उपनिर्देशक डा। सन्तोष पौडेलले, नवजात शिशुलाई अर्को अस्पतालमा पठाउनु पर्दा आफूले दिएको नि:शुल्क उपचार त्यहाँ पनि प्रदान हुन्छ कि हुँदैन भन्नेमा चिन्ता हुने बताउनुभयो ।