६ असार २०८३, शनिबार
,
Latest
आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक क्षेत्रमा नेपालले प्रगति गरेको छ: उपाध्यक्ष श्रेष्ठ



अ+ अ-

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले दिगो विकासका लक्ष्यहरु हासिल गर्न सरकार कटिवद्ध भएर लागेको बताउनुभएको छ ।

राष्ट्रिय योजना आयोग र संयुक्त राष्ट्रसंघको आयोजनामा काठमाडौंमा भएको कार्यशालामा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.श्रेष्ठले दिगो विकासका लक्ष्य हासिल गर्न सरकारले कटिवद्ध भएर काम गरिरहेको बताउनुभएको हो ।

उहाँले दिगो विकासका लक्ष्य हासिल गर्न निजी क्षेत्र, विकास साझेदारी संस्था र नागरिक समाजको भुमिका अग्रणी रहने बताउनु भयो । दगो विकासका लक्ष्यहरु कार्यान्वयनको अनुगमन संसदीय समिति र महालेखा परीक्षकको कार्यालय लगायतका अन्य निकायद्वारा गरिँदै आएको बताउनु भयो । उहाँले दिगो विकासका लक्ष्य प्राप्तीका लागि संस्थागत रुपमा संयन्त्र बनाएको पनि बताउनु भयो । उहाँले सरकारले उत्पादन, रोजगार, कृषी र उद्योग क्षेत्रलाई प्राथमिकतामा राखेको बताउनु भयो ।

डा.श्रेष्ठले भन्नुभयो, ‘दिगो विकास लक्ष्यहरु हासिल गर्न सरकार कटिवद्ध भएर लागिरहेको छ । दिगो विकासका लक्ष्य हासिल गर्न निजी क्षेत्र, विकास साझेदारी संस्था र नागरिक समाजको भुमिका अग्रणी रहन्छ । नेपालले स्रोतको अधिकतम परिचालन गरिरहेको छ । दिगो विकासका लक्ष्यहरु कार्यान्वयनको अनुगमन संसदीय समिति र महालेखा परीक्षकको कार्यालय लगायतका अन्य निकायद्वारा गरिँदै आएको छ । संघ, प्रदेश र स्थानीय सरकारका नियमित कार्यक्रम र नीतिमा दिगो विकास लक्ष्यका सूचकलाई आन्तरिक रुपमा समावेश गरिएको छ । हामीले विभिन्न तहमा संस्थागत संयन्त्रपनि बनाएका छौँ ।

प्रधानमन्त्रीको नेतृत्वमा स्टेयरीङ कमिटी छ । मेरो नेतृत्वमा समन्वय र कार्यान्वयन कमिटी बनेको छ र संसदमा पनि दिगो विकास समिति छ । विश्वव्यापी रुपमा २०३० प्राप्त एजेण्डाहरु गम्भिर रुपमा सामना गरिरहेका छौँ । आर्थिक क्षेत्रमा अपेक्षित प्रगति हासिल गर्न सकेका छैनौं । हाम्रो ध्यान उत्पादन र उत्पादकत्वमा छ । चालु १५ औं योजनाले गुणस्तरीय शिक्षा, मजबुत स्वास्थ्य सेवा प्रणाली, भौतिक संरचना, सामाजिक सशक्तीकरण, समावेशीकरण, सामाजिक सुरक्षालाई जोड दिएको छ । र, हामी १६ औं योजना बनाउँदैछौ । संरचनात्मक रुपान्तरणलाई ध्यान दिनेछौं । ’

उहाँले सामाजिक क्षेत्रमा नेपालले प्रगति गरेको बताउनुभयो ।