२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की काठमाडौँ महानगरद्वारा सहकारी संस्थाले बहालमा लिएका घर/कोठा तथा फ्ल्याट १५ दिनभित्र खाली गर्न निर्देशन मधेसका १६ प्रतिशत बालबालिकामा कुपोषण मधेश प्रदेशका अर्थमन्त्रीसँग नाडाको भेटवार्ता, अटोमोटिभ क्षेत्रका नीतिगत विषयमा केन्द्रित छलफल ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सुरक्षाका योजनाहरुलाई परिमार्जित र बिस्तार गर्दै लैजानुपर्छ: मन्त्री भण्डारी



file photo
अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले सामाजिक सुरक्षाको दायरासँगै यसका फाइदाहरुलाई पनि बढाएर लगिने बताउनुभएको छ ।

बुधवार अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिको सामाजिक सुरक्षा योजना शुभारम्भ समारोहमा बोल्दै मन्त्री भण्डारीले सामाजिक सुरक्षाको फाइदाहरुलाई पनि बढाएर लगिने बताउनुभएको हो ।

उहाँले नेपाली श्रम बजारमा श्रम शक्तिको अभाव देखिन थालेको भन्दै यसको सम्बोधनका लागि सामाजिक सुरक्षाका योजनाहरुलाई परिमार्जन र बिस्तार गर्नुपर्ने बताउनु भयो । उहाँले आन्तरिक श्रम बजारको गतिशिलतामार्फत मुलुकको समग्र आर्थिक क्षेत्रलाई सक्रिय बनाउन आवश्यक अनेकन नितिगत व्यवस्थाहरुमा सरकार काम गरिरहेको उल्लेख गर्नुभयो । मन्त्री भण्डारीले न्युनतम ज्यालाको प्रणालीमा सुधार, सिपयुक्त श्रम शक्ति बजारमा ल्याउन राष्ट्रिय व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानको गठन, बाध्यकारी श्रमको अवस्थामा सुधार, बालश्रम न्युनिकरणमा जोड लगायतका कामहरु अहिले भइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘राज्यले सामाजिक सुरक्षा योजनाहरु सञ्चालन गर्नुको पछाडी केही आधारभुत मान्यताहरु हुन्छन् । खासगरी गरिबी निवारणमा टेवा, श्रम बजारमा श्रम शक्तिको आकर्षण, नेपालको श्रम बजारमा सामाजिक सुरक्षाको अभावको कारणले गर्दा अत्यन्त न्युन ज्यालामा काम गर्ने नेपाली श्रमशक्ति विश्व बजारमा जान बाध्य भइराखेको छ । नेपाली श्रम बजारमा श्रम शक्तिको अभाव देखिन थालेको छ । यि विषयहरुलाई समेत सम्बोधन गर्नेगरी सामाजिक सुरक्षाका योजनाहरुलाई परिमार्जित र बिस्तार गर्दै लैजानुको विकल्प छैन । निश्चय पनि मन्त्रालयले यि विषयहरुलाई अगाडी बढाउने छ । र सामाजिक सुरक्षाको दायरालाई मात्र होइन सामाजिक सुरक्षाबाट पाइने बेनिफिट्स्हरु अथवा वेलफेयरहरुलाई पनि त्यही हिसाबले अगाडी बढाएर लिएर जानेछ भन्नेकुरा म यहाँ व्यक्त गर्न चाहन्छु ।

आन्तरिक श्रम बजारको गतिशिलतामार्फत मुलुकको समग्र आर्थिक क्षेत्रलाई सक्रिय बनाउन आवश्यक अनेकन नीतिगत व्यवस्थाहरुमा हामी काम गरिरहेका छौँ । यसमा न्युनतम ज्यालाको प्रणालीमा सुधार, सिपयुक्त श्रम शक्ति बजारमा ल्याउन राष्ट्रिय व्यवसायिक तथा सिप विकास तालिम प्रतिष्ठानको गठन, बाध्यकारी श्रमको अवस्थामा सुधार, बालश्रम न्युनिकरणमा जोड, अति कम विकसित मुलुकबाट स्तरोन्नतिका लागि आवश्यक पर्ने श्रम सम्बन्धि अन्तर्राष्ट्रिय अभिसन्धिहरुको अनुमोदनका पहलहरु केही उदाहरण हुन् ।

यसै सिलसिलामा सामाजिक सुरक्षा कोषबाट सञ्चालित योजनाहरु, श्रम बजारका नयाँ क्षेत्रहरुसम्म बिस्तार, सेवाग्राहीको पहुँचका लागि शाखा तथा सम्पर्क कार्यालयहरु स्थापना र कोषको प्रभावकारी उपयोगको दिशामा महत्वपूर्ण कार्यहरु भइरहेका छन् । यसबाट सामाजिक सुरक्षा कोषमा आवद्ध हुने योगदानकर्ताहरु बढ्ने र नयाँ–नयाँ योजनाहरुको तयारीको लागि सहज वातावरण निर्माण र मुलुकको आन्तरिक श्रम बजार बढी विश्वसनीय हुनेछ भन्ने मेरो विश्वास छ ।’

मन्त्री भण्डारीले सामाजिक सुरक्षा कोषबाट सञ्चालित योजनाहरु, श्रम बजारका नयाँ क्षेत्रहरुसम्म बिस्तार र सेवाग्राहीको पहुँचका लागि शाखा तथा सम्पर्क कार्यालयहरु स्थापना भइरहेका बताउनुभयो । उहाँले आगामी दिनमा कोषमा आवद्ध हुने योगदानकर्ताहरु बढ्ने पनि बताउनु भयो ।




भर्खरै