२३ असार २०८३, मंगलवार
,
Latest
मधेस प्रदेशसभा परिसरमा पुस्तकालय सञ्चालन मुम्बईमा भारी वर्षाका कारण भवन भत्किँदा ६ जनाको मृत्यु एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक जहाँ कञ्चन पानीमा सजिएर अन्नपूर्ण हिमाल हाँस्छ (फोटो फिचर) ‘राहत होइन, सम्मानजनक पुनःस्थापना चाहिन्छ’ भन्दै होल्डिङ सेन्टरका प्रभावित परिवारद्वारा राहत निवेदन बहिष्कार कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीलाई निर्वाचन आयोगको बिदाइ, योगदानको उच्च प्रशंसा चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त… सरकारले घोषणा गरेको ‘सगरमाथा वृक्षरोपण महाअभियान’ भोजपुरमा यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य नेपालगञ्जमा ऐतिहासिक सालिक पुनर्निमाण
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतमा ९५ लाखभन्दा बढी स्वास्थ्यकर्मीलाई कोभिडविरूद्धको पहिलो खोप दिइयो



अ+ अ-

काठमाडौं । भारतका ९५ लाखभन्दा बढी स्वास्थ्यकर्मीले कोभिड–१९विरूद्धको पहिलो खोप लगाएका संघीय स्वास्थ्यमन्त्री हर्षबर्धनले बुधबार जानकारी गराउनुभएको छ ।

यो वर्षको जनवरी १६ देखि खोप अभियान सञ्चालन गरिएको ९५ लाखभन्दा बढी स्वास्थ्यकर्मीले पहिलो साथै ६५ लाखभन्दा बढी स्वास्थ्यकर्मीले दुबै खोप लगाएका उहाँले भिडियो कन्फरेन्समार्फत् विभिन्न राज्यका स्वास्थ्यमन्त्रीसँगको छलफलका क्रममा बताउनुभएको हो । 

उहाँले उत्तराखण्ड, हरियाणा, पञ्जाब, बिहार, झारखण्ड, उडिसा, जम्मु तथा कश्मीरका स्वास्थ्यमन्त्रीसँग खोपको समीक्षाका लागि गरेको बैठकमा केन्द्र सरकारले आफ्ना नागरिकको स्वास्थ्य सुरक्षाका लागि महामारीविरुद्धको लडाईमा लाग्न पनि भारतीय अधिकारीहरूलाई आग्रह गरेको छ ।

उहाँले केही समयदेखि भारतभरी सङ्क्रमण दर बढेको र यसको दवाव स्वास्थ्य संस्थाहरूमा परिरहेको बताउँदै दबाबबीच महामारीविरुद्धको लडाईमा अग्रसर रहन स्वास्थ्यकर्मीहरूलाई पनि आग्रह गर्नुभयो । 

उहाँका अनुसार भारतभर विगत २४ घण्टामा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख ५५ हजार ३३८ रहेको र सङ्क्रमण पुष्टि भएकाको सङ्ख्या पनि सोही अनुपात अर्थात् तीन लाख ४८ हजार ४१२ रहेको र यो सङ्ख्या आगामी हप्तामा क्रमशः घट्ने विश्वास व्यक्त गर्नुभयो ।