२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कृत्रिम बौद्धिकता र बदलिँदो विश्व परिवेशसँग जुध्न शैक्षिक क्रान्तिको खाँचोः गगन थापा News Polar धनुषामा बढ्दो लागुऔषध र सामाजिक सञ्जालको दुरुपयोग रोक्न सरकारसँग माग News Polar खेतमा बेसार, किसानलाई बजारको चिन्ता News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता

किन श्रीमानले श्रीमतीको मोबाइल जाँच गर्छन्

किन श्रीमानले श्रीमतीको मोबाइल जाँच गर्छन्
अ अ+ अ-

काठमाडौं । भनिन्छ, श्रीमान्–श्रीमतीको बीचको सम्बन्ध र प्रेमलाई कुनै समझदार व्यक्तिले मात्र बुझ्न सक्छ । उनीहरुका बीचमा एउटा बेग्लै प्रकारको समझदारी कायम हुन्छ । माया र विश्वास नै कुनै पनि सम्बन्धको वास्तविक कारण हो । श्रीमान्–श्रीमतीको सम्बन्धको वास्तविकता पनि यही नै हो । 

श्रीमान्–श्रीमतीका बीचमा यदि माया कम नै भयो भने पनि सम्बन्ध उक्त गाडी चलिरहन्छ । तर, विश्वास कम भयो भने सम्बन्धलाई अगाडि बढाइरहन गाह्रो पर्दछ । विश्वास भन्ने कुरा इमान्दारीबाट आउँछ । त्यसैले श्रीमान्–श्रीमती दुबैले एक–अर्कासंग निकै नै लचिलो हुनु पर्दछ । तर, कैयौं पटक श्रीमानले आफ्ना श्रीमतीको मोबाइल फोन उनीहरुको अनुपस्थितीमा चेक गर्न थाल्छन् । त्यसका पछाडि विभिन्न कारणहरु हुन सक्दछन् । विश्वासमा कमी हुनु सबैभन्दा ठूलो कारण नै श्रीमानलाई आफ्ना श्रीमतीहरुप्रति कम विश्वास हुनु हो । 

पटक–पटक मोबाइल फोन चेक गरेर उनीहरुले के कुरा पत्ता लगाउन चाहन्छन् भने कतै उनले उसंग कुनै कुरा लुकाइरहेकी त छैनन् । शंका लाग्नु श्रीमानले किन पनि श्रीमतीहरुको मोबाइल चेक गर्छन् भने उनीहरु आफ्नै श्रीमतीप्रति शशंकित हुन्छन् । उनीहरुलाई के लाग्छ भने कतै उनीकी श्रीमती अरु नै कुनै पुरुषसंग डेटिङमा पो गैरहेकी छिन् कि । झगडाको कारण खोज्नु प्रायःश्रीमानले किन यसो गर्छन् भने उनीहरु श्रीमतीसंग झगडा गर्नका लागि कुनै न कुनै कारण खोजिरहेका हुन्छन् । 

त्यसरी मोबाइल चेक गरेर उनीहरु घरमा कहल मच्चाउने ठूलो षडयन्त्र गरिरहेका हुन्छन् । मायामा कमी प्रायः श्रीमानलाई के लाग्छ भने उनीहरुका श्रीमतीहरुले उनीहरुलाई माया नै गर्दैनन् । त्यसकारण पनि उनीहरु श्रीमतीहरुको मोबाइल चेक गरेर के पत्ता लगाउन चाहन्छन् भने उनीहरुको सबैभन्दा लामो कुराकानी कोसंग भैरहेको छ । अरुसंग बढि लगाव यदि तपाईंको लगाव अरु कुनै व्यक्तिसंग बढि हुन थाल्यो भने तपाईंका श्रीमान्लाई उक्त कुराले असुरक्षित महसुस गराउ“छ । त्यसकारण पनि उनलाई तपाईंको मोबाइल फोन चेक गर्ने बानी बस्छ । धोकाको अनुमान कहिलेकाहिं श्रीमान आफ्ना श्रीमतीहरुले आफूलाई माया गर्छिन् भन्ने कुराप्रति त्यति विश्वस्त हुन सक्दैनन् । 

उनीहरुले मन–मनै श्रीमतीप्रति नकारात्मक धारणा बनाउन थाल्दै उनले आफूलाई धोका दिन थालेको अनुमान गर्न थाल्छन् । त्यसलाई पुष्टि गर्नका लागि समेत उनीहरुले बारम्बार श्रीमतीको मोबाइल फोन चेक गर्छन् । ध्यान दिनु पर्ने कुरा के छ भने यदि तपाईंका श्रीमान् पनि तपाईंको अनुपस्थितीमा तपाईंको मोबाइल फोन चेक गर्छन् भने उनलाई राम्ररी सम्झाउनु होला र सबै मनमुटावहरु हटाउनु होला । यसमै तपाईंहरु दुबैको भलाइ छ ।