५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुथ्वी चोकमा पृथ्वीनारायण शाहको शालिक पुन: स्थापनाको माग गर्दै माईतीघरमा प्रदर्शन



अ+ अ-

काठमाडौँ । पोखराको पुथ्वी चोकमा पृथ्वीनारायण शाहको शालिक पुन: स्थापना गर्न माग गर्दै बिरोध प्रदर्शन गरिएको छ ।

सोमवार नागरिकको तर्फबाट माईतीघर मण्डलामा भेला भइ पोखरास्थित पृथ्वी चोकमा राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिक पुन:स्थापनाका लागि दबाब दिइएको हो ।

पोखरा महानगरपालिकाले पोखराको पृथ्वी चोकमा रहेको पृथ्वीनारायण शाहको शालिक हटाएको थियो । बुधवार एक समूहले सडकमा फालेको पृथ्वीनारायण शाहको प्रतिमा बिहीवार राप्रपाका युवालगायतले पुन:स्थापना गरेका थिए । पुन: शुक्रवार महानगरले हटाएको शालिक हटाएपछि पोखरा लगायतका स्थानमा नागरिकहरुले शालिक पुन: स्थापनाको माग गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको बिरोध गरेका छ्न ।

प्रदर्शनकारीहरुले शालिक चोर देश छोड, इतिहास मेट्न पाइँदैन, सर्वपक्षीय निर्णयको नाटक मञ्चन गर्न पाइँदैन, राष्ट्रिय एकतामा खलल पुर्‍याउने काम बन्द गर, शहीद लखन थापाको शालिक ससम्मान स्थानान्तरण गर लगायतका प्लेकार्ड बोकेर बिरोध प्रदर्शन गरेका थिए ।