काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले बहुमतको सरकारका लागि समयमै दाबी पेश गर्दैछन् । उनीहरुबीच अघिमात्र बुढानीलकण्ठमा सो दाबी पेश गर्ने सहमति भएको हो । यी दुई बीचको भेटवार्ता भर्खरै सकिएको हो ।
वैकल्पिक सरकार गठनका लागि आज राति ९ बजेसम्मको समय राष्टपति विद्यादेवी भण्डारीबाट समय दिइएको छ । सो समय घर्किँदै गइरहेका बेला प्रचण्ड देउवा निवास बूढानीलकण्ठ पुगेका थिए र दुई जनाबीच यो सहमतिले भएको हो ।
उनीहरुले समयमै बहुमतको सरकारको दावी लिएर शीतलनिवास जाने भएका हुन् । संविधानको धारा ७६ ९२० को सरकार गठनका लागि राष्ट्रपति भण्डारीले आज राति ९ बजेसम्म समय दिएकी छिन् ।
तर पनि विपक्षी गठबन्धनमा अहिलेसम्म बुहमत भने पुगेको छैन । विपक्षी गठबन्धनमा सहभागी हुने भनेको जसपामा अहिलेसम्म सहमति भएको छैन । नत राजीनामा दिएर वैकल्पिक सरकार निर्माणका लागि सजिलो बनाइदिने भनेका माधव नेपाल र झलनाथ खनालका सांसदहरुको राजीनामा नै आएको छ ।











