२२ मंसिर २०८२, सोमबार
,
Latest
सार्वजनिक संस्थानमा गरेको करिब ४७ अर्ब लगानीको हिसाब गडबड ‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर
तपाईं के खोज्दै हुनुहुन्छ ?

नक्कली शैक्षिक प्रमाणपत्र प्रकरण: पक्राउ परेका डा. यादव वास्तविक प्रतिवादी नभएपछि छाडियो



अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले महोत्तरीका डा रञ्जितकुमार यादव नक्कली शैक्षिक प्रमाणपत्र कीर्तेका वास्तविक प्रतिवादी नभएको पाइएपछि छाडिएको स्पष्ट पारेको छ ।

सिआइबीका प्रहरी उपरीक्षक नवराज अधिकारीले नेपाल मेडिकल काउन्सिलबाट आएको पत्रका आधारमा डा यादव वास्तविक प्रतिवादी नभएको पाइएपछि छाडिएको जानकारी दिनुभयो ।

सिआइबीले आज एक विज्ञप्ति जारी गरी भनेको छ, “नेपाल मेडिकल काउन्सिल, बाँसबारीको पत्रमार्फत रञ्जितकुमार यादवको प्रमाणपत्रको प्रतिलिपि माग हुँदा यस काउन्सिलमा दर्ता भएका चिकित्सक रञ्जितकुमार यादवको दर्ता प्रमाण पत्र र आवेदन फाराम भुलबस संलग्न हुन गएको कुरा अभिलेखबाट देखिएको जानकारी गराउँदछु भन्नेसमेत बेहोराको प्राप्त पत्र र प्रमाण कागजातअनुसार हाल पक्राउ परेका डा रञ्जितकुमार यादव वास्तविक प्रतिवादी नभएको यकीन हुन आएको हुँदा निजलाई प्रस्तुत कसुरको अनुसन्धानका लागि हिरासतमा राखीराख्न आवश्यक नदेखिएकाले जिम्मा जमानीमा छाडिएको छ ।”

सिआइबीले डा यादवलाई लिखतसम्बन्धी कसुर मुद्दाको अनुसन्धानका क्रममा यही साउन २५ गते भक्तपुरबाट पक्राउ गरेको थियो । सिआइबीले काठमाडौँ जिल्ला अदालतबाट जरुरी पक्राउ पुर्जी स्वीकृति गरी पक्राउ मितिबाट लागू हुने गरी प्रथम पटक पाँच दिनको म्याद थप गरी हिरासतमा राखी अनुसन्धान थालेको थियो ।

यसअघि सिआइबीले नियन्त्रणमा लिएका सांसद सुनिल शर्मा पनि जिल्ला अदालतको आदेशले रिहाइ भइसक्नुभएको छ । सिआइबीले नक्कली शैक्षिक प्रमाणपत्र कीर्ते गरेको आरोपमा अन्य छ चिकित्सकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । रासस