काठमाडौं । फिल्म ‘वीर विक्रम २’ हिन्दी भाषामा पनि प्रदर्शनमा आउने भएको छ । उक्त फिल्मलाई मिलन चाम्सले निर्देशन गरेको हो भने मुख्य भुमिकामा अभिनेता पल शाह र वर्षा शिवाकोटी देखिएका छन्।
निर्देशक चाम्सले हिन्दी भाषामा रहेको फिल्मको ट्रेलर सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन् । फिल्ममा पल र वर्षासँगै ट्रेलरमा बुद्धि तामाङ, नाजिर हुसेन, बालकलाकार, मनिस लिम्बुलगायतको समेत अभिनय रहेको छ ।









