१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

लेखक पुडासैनीको ‘समृद्धिको हुटहुटी’ पुस्तक विमोचन

लेखक पुडासैनीको ‘समृद्धिको हुटहुटी’ पुस्तक विमोचन
अ अ+ अ-

काठमाडौँ ।अश्विनकुमार पुडासैनीद्वारा लिखित ‘समृद्धिको हुटहुटी’ ९सुशासन र समृद्धिका १०१ पाइला० नामक पुस्तक विमोचन भएको छ ।

दिव्या देउराली प्रकाशन प्रालिद्वारा आज आयोजित एक समारोहमा डा अरुण मास्के, लेखक पुडासैनी, समीक्षकद्वय डा धु्रव आचार्य र प्राध्यापक कृष्ण हाछेथु, नेपाल बैंक लिमिटेटका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी, पर्यटन व्यवसायी ज्योति अधिकारी र प्रकाशनका प्रबन्ध सञ्चालक शालिग्राम खनालद्वारा संयुक्तरूपमा उक्त पुस्तकको विमोचन गरिएको हो ।

अघिल्लो वर्ष साउन २६ मा हृदयघात भई बिरामी भएका लेखक पुडासैनीले मृत्युको भयबाट मुक्त भए पश्चात्को चिन्तनमननका क्रममा अर्थपूर्ण जीवन जीउन आफ्नै पालामा देशको सुशासन र समृद्धिका लागि टिपोट गरेर सविस्तार गरिएको पुस्तक समृद्धिको हुटहुटी भएको बताउनुभयो ।

कार्यक्रममा पुस्तक समीक्षककर्ता डा आचार्यले वित्तीय, शैक्षिक, प्राकृतिक, स्वास्थ्यलगायत सबै पक्षलाई समेटी बाल्यकालदेखि मृत्यु संस्कारसम्मको विषय समेटिएको बताउँदै लेखकको पुन:जीवनको उपहार पुस्तकमा रहेको बताउनुभयो ।

समयको व्यवस्थापन, समानुपातिक शिक्षालगायतका एक सय एक विचारलाई कार्यान्वयनमा लैजानसकेमा समृद्धि हुने भाव पुस्तकमा रहेको उहाँले धारणा व्यक्त गर्नुभयो ।

त्यस्तै अर्का समीक्षक प्राध्यापक हाछेथुले पुस्तकमा सिर्जनशीलता र कृत्रिमता रहेको बताउँदै लेखकले पुस्तकमा राखेका पाइला कसैको आग्रह पूर्वाग्रहमा नरहेको र लोक कल्याणकारी राज्यतर्फ उन्मुख रहेको बताउनुभयो ।

पुस्तकमा केही अपूरा विषय पुन: परिष्कृत गर्न जरुरी रहेको उहाँको भनाइ छ । कार्यक्रममा डा मास्केले आधारभूत आवश्यकतामा राज्यको दायित्व हुनुपर्ने लेखकको पुस्तकले झल्काएको बताउनुभयो । स्वास्थ उपचार, प्रत्येक नेपालीको बैंक खाता, जन्मदर्तामा स्वास्थ्य बीमा, सर्वसुलभ इन्टरनेट, नि:शुल्क अन्तिम संस्कार लगायतका विषयवस्तु समेटिएको पुस्तकमा सिर्जनशीलता रहेको बताउनुभयो ।

पुस्तकका लेखक पुडासैनीले मृत्युको क्षणमा आफ्नो परिवार र देशप्रतिको महत्त्व एक वर्षअघि हृदयघातको क्षणमा चिनाएको बताउनुभयो । आफूले जीवनमा भोगेका विषयलाई पुस्तकमा समावेश गरेको उल्लेख गर्दै अर्थपूर्ण जीवन जीउनका लागि विगतका जीवनका भोगाइ प्रेरणाका स्रोत बनेको उहाँले बताउनुभयो ।

लेखकका सहकर्मी तथा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत अधिकारीले लेखकले आफ्नो समाज, मुलुकका लागि केही योगदान दिन सकिने हुटहुटी पुस्तकमा समावेश गरेको बताउनुभयो । पर्यटन व्यवसायी अधिकारीले अतिरिक्त इच्छाको अभिव्यक्ति रहेको लेखकको पुस्तक आफू बाँचेको प्रमाणस्वरूप प्रकाशन गरेको पाइएको बताउनुभयो ।

पुस्तक सम्पादक शरदचन्द्र वस्तीले पुस्तकमा लेखकको सकारात्मक ऊर्जाको अनन्त आवेग र मनको सच्चा भावना प्रष्ट भएको बताउनुभयो । उहाँका अनुसार स्वस्थ सन्देश, जीवन सन्देशलगायतका सबै पक्षलाई समेटिएको पुस्तकमा जीवन बुझ्न चाहनेका लागि अति उपयोगी रहेको छ । लेखकको यसअघि विसं २०७७ मा चर्चित पुस्तक बत्तिमुनि उज्यालो प्रकाशित भएको थियो ।

विगत ३० वर्षदेखि सङ्गठन, व्यवस्थापन, नेतृत्व विकास, रणनीतिक कौशल, जनसम्पर्क, समूह कार्य एवं उत्प्रेरणा जस्ता विषयमा स्रोत व्यक्तिका रूपमा सरकारी, गैरसरकारी एवं निजी क्षेत्रका व्यवस्थापक, प्रशासक तथा विकासकर्मीलाई तालिम प्रदान गर्दै आउनुभएका लेखक हाल नेपाल बैंक लिमिटेड प्रधान कार्यालयका वरिष्ठ प्रबन्धकका रूपमा कार्यरत हुनुहुन्छ । रासस