४ आश्विन २०८१, शुक्रबार
,
Latest
सुरु भयो पदयात्राको याम संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमनत्री ओली अमेरिका प्रस्थान ऐतिहासिक आँधीपछि केही दिनमै दोस्रो आँधीको चपेटामा साङ्घाई नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ: अध्यक्ष दाहाल सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि नेशनल डे कन्सर्टमा बालेनको नारा लाउँदै हुटिङ गर्ने व्यक्ति ज्यान मुद्दाका फरार अभियुक्त मनाङको तालगाउँमा रमाउँदै खेलाडी र कलाकार आजको विदेशी मुद्रा विनिमय: अमेरिकी डलरको मूल्य घट्दा, युरो र पाउण्डको मूल्य बढ्यो मंगोलियामा अचानक तापक्रम घटेसँगै भारी हिमपात, जनजीवन प्रभावित तनहुँमा पनि स्ट्रबेरी खेती
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अब कोही नेपाली पैसाको अभावमा उपचार नपाएर मर्नु पर्दैन: मन्त्री बस्नेत



file:rss
अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले कोही पनि नेपाली पैसाको कारणले उपचारको अभावमा नमर्ने बताउनुभएको छ ।

शुक्रवार मन्त्रालय सम्हालेको सय दिन पूरा भएको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले कोही पनि नेपाली पैसाको कारण उपचारको अभावमा नमर्ने बताउनुभएको हो ।

उहाँले अब एकजना मान्छेपनि पैसा नभएको कारणले अस्पतालको बरण्डामा आत्महत्या गर्नु नपर्ने बताउनु भयो । उहाँले उपचारको अभावमा कसैले पनि बाटो र घरमा मर्नु नपर्ने भन्दै सरकारले जसरी पनि उपचार गर्ने बताउनु भयो । मन्त्री बस्नेतले स्वास्थ्य मन्त्रालय मन्त्रालयजस्तो नभई अस्पतालजस्तो भइरहेको पनि बताउनु भयो । उहाँले द्वन्द्वकालका घटनामा घाइते भएकाहरुको उपचारको जिम्मा स्वास्थ्य मन्त्रालयलाई दिन प्रधानमन्त्रीलाई आग्रह गर्नुभयो । द्वन्द्वकालका घाइतेहरुको उपचार गर्न मन्त्रालय तयार रहेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘हामीभित्र भएका बुद्धि, सीप, साधनलाई सक्रिय बनाएर अब नेपालमा प्रधानमन्त्रीज्यु, हजुरकै पालामा अब एकजना मान्छेपनि पैसा नभएको कारणले हस्पिटलको बरण्डाबाट आत्महत्या गर्नुपर्दैन । बाटामा मर्नुपर्दैन । घरमा मर्नुपर्दैन । हामी जसरी पनि गर्छौं र अहिले गरिरहेका छौँ । स्वास्थ्य मन्त्रालय मन्त्रालय भन्दापनि एउटा ठूलो अस्पतालजस्तो भइराखेको छ । दिनमै १२/१५ जना बिरामी आइरहन्छन् ।

म प्रधानमन्त्रीज्युलाई निवेदन गर्न चाहन्छु, द्वन्द्वका बेलामा घाइते भएकाहरुको अझैपनि उपचार आइसकेको छैन । हामीले केही मान्छेहरुलाई बोलाएर गरिरहेका छौँ । यसले चाँडोभन्दा चाँडो निर्णय गरेर हामीलाई जिम्मा लगाइदिनुस् । हामी गर्छौं । समस्या समाधान गर्ने र राज्यले घोषणा गरेको वा संविधानमा व्यवस्था गरेको जनताको आधारभुत स्वास्थ्य सेवालाई हामी जसरी पनि व्यवस्थापन गर्छौं । फेरि दोहोर्‍याउन चाहेँ । कोही नेपाली पैसा नभएको कारणले अब उपचार गर्न नपाएर मर्दैन । त्यसको जिम्मा स्वास्थ्य मन्त्रालयले लिन्छ ।’

मन्त्री बस्नेतले सरकारी अस्पतालहरुमा बिरामीको चाप बढ्न थालेको बताउनु भयो । उहाँले अस्पताल, फार्मेसी र मेडिकल कलेजहरुलाई निरन्तर अनुगमन गरिरहेको उल्लेख गर्दै सबै ठाउँहरुमा सुधार आइरहेको बताउनु भयो । अस्पतालहरुले १० प्रतिशत नि:शुल्क उपचार गराउने प्रवन्धलाई पनि लागू गर्न सफल भएको उहाँको भनाई छ ।

मन्त्री बस्नेतले स्वास्थ्यकर्मीहरु दुर्गम ठाउँमा पनि सेवा दिन जान थालेका बताउनु भयो ।