२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar दुर्गा पक्षको दोस्रो दिनः ब्रह्मचारिणी देवीको पूजा आराधना गरिँदै News Polar सहरको स्वादका लागि छुट्छ हिमालको दसैँ–तिहार News Polar भसभसेमा सडक भासिदा यातायात सञ्चालनमा समस्या News Polar काभ्रेका अवैध क्रसर–खानीलाई मापदण्डमा आउन समयसीमा News Polar नेपालगन्जमा ऐतिहासिक रामलीला सुरु News Polar बालउद्धार माविका प्राचार्य कुटपिट प्रकरणमा दुई जना पक्राउ News Polar बूढीगण्डकी बाढीः चार जलविद्युत् आयोजनामा क्षति News Polar बेरुजु घटाउन मुख्यमन्त्रीको निर्देशन News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ

“बाह्र बजेर पैँतीस मिनेट जाँदा”

“बाह्र बजेर पैँतीस मिनेट जाँदा”
अ अ+ अ-

निद्रामै उसले अनुभव ग¥यो– उसको पैतालामा कुनै चिसो स्पर्श भएको छ । ऊ झसङ्ग भयो । आँखा खुल्यो उसको । 

कोठाले अन्धकारको कालो गलबन्दी बेरेको थियो र कोठामा लास गन्हाएजत्तिकै कुनै दुर्गन्ध फैलिरहेको थियो। एकछिनपछि उसले आफ्नो त्यो कोठामा अर्कै कोही भएको महसुस पनि ग¥यो। खत्राकखुत्रुक… केही 

आवाज आयो । चोर हो कि ? उसले सक्दो स्तरको अनुमान ग¥यो ।

एकछिनमै कोठाबाट लासको गन्ध स्वतः हरायो। अनि उसले कोठाको बत्ती बाल्यो। तर कोठामा कोही थिएन । चोर आएको कुनै आभास पनि थिएन । यसो चारैतिर हे¥यो । भित्तामा उसका मृत पिताज्यूको फोटो देख्यो, जुन फोटोमा हिजोसम्म मुसुमुसु हाँसिरहेका उसका पिताज्यू अहिले गम्भीर मुद्रामा थिए । ऊ नजानिँदो आश्चर्यले जुरुक्क उठ्यो 

र फोटोनजिकै गयो। फोटोमा उसका पिताज्यू साँच्चीकै गम्भीर मुद्रामा थिए । उसले वर्षौदेखि देख्दै आएको त्यो फोटोमा उसका पिताज्यू हाँसिरहेको मुद्रामा हुनुपर्ने हो। यो के भएको ? … ऊ अलमलमा प¥यो। … सपना हो कि बिपना छुट्टयाउन सकेन । यसो ओछ्यानतिर हे¥यो– ऊ त्यहाँ सुतिरहेको थिएन । मतलब, त्यो बिपनै थियो सपना थिएन । 

ऊ यस्तै अचम्मित भइरहेकै अवस्थामा एउटा गहुङ्गो स्वर कोठामा गुन्ज्यो, “बाबु !” 

त्यो उसका पिताज्यूको स्वर थियो। उसले राम्ररी चिन्यो त्यो स्वर । तर उसका पिताज्यू स्वर्गे भएको सात वर्ष भइसकेको थियो र अहिले रातको ठीक बाह्र पैँतीस बजेको थियो। फोटोमा भएको भावपरिवर्तन र यो मृत व्यक्तिको स्वर । … के भएको ? उसले बुझ्न सकेन । अनायासै उसको मुखबाट निक्लिहालेछ, “बुबा !” 

“विपिन ! तैँले मोटरसाइकल किनिस् रे, हो ?” यतिखेर उसले देख्यो– आवाज पिताज्यूको फोटोबाट आइरहेथ्यो ! पिताज्यू फोटोबाट बोल्दैथे । उसले यो क्षण कठिन अनुभव गरिरहेथ्यो । ऊ केही नबोलेर फोटोलाई हेरिरहेथ्यो । 

“मलाई छिटै जवाफ दे, विपिन ! समय अँठ्याइराख्न गाह्रो परिरहेछ मलाई ।” फोटोबाट आवाज आयो । 

“केको जवाफ ? यस्तो अद्भूतको कुरा के भएको यो ? तपाईं कहाँबाट बोलिरहनुभएको ?” ऊ भित्रैदेखि अव्यवस्थित भएर चिच्यायो ।

“पहिलो मेरो प्रश्नको जवाफ दे, तैँले मोटरसाइकल किनिस् रे, हो ?” 

“हो ।” 

“तैले ठीक काम गरिनस्, विपिन । मलाई थाहा छ … म मरेपछि मेरो अफिसबाट आएको पैसाले तैँले मोटरसाइकल किनिस् । यो राम्रो काम होइन । मलाई थाहा छ … तैले मेरो पैसाबाट एक पैसा पनि आमालाई दिइनस् । मलाई सब थाहा छ, विपिन ! मलाई सब थाहा छ ।” 

ऊ ट्वाल्लट्वाल्ती हेरेको हे¥यै भइरह्यो । 

“यी सब मैले गरेका कुराहरू तँलाई मन पर्दैन होला सायद । तर तैँले जे काम गरिस्, त्यो पनि त मलाई मन परिरहेको छैन । … मेरो सञ्चयकोषबाट आएको पैसा, मेरो सञ्चित विदाबाट आएको पैसा, मेरो परिश्रमको पैसालाई तैँले आफ्नो सुविधाको निम्ति किन खर्च गरिस् ? 

तैँले आफ्नी स्वास्नी र छोरालाई त्यही पैसाको बहुमूल्य लुगाहरू किनिदिइस् । तर आमालाई वास्तै गरिनस् । अहिले पनि सुन् त … उता कोठामा शोभा खोक्दैछे । रोगी आमालाई औषधी ल्याउनु पर्दैन ? डाक्टर जँचाउनु पर्दैन ?” 

उसको ध्यान पल्लो कोठामा पुग्यो। नभन्दै, आमा अति तीव्र रुपले खोक्दै गरेको आवाज राम्ररी सुनिँदै थियो । 

“शोभाले यसरी खोक्दा तेरो मुटु दुख्दैन बाबू ?” 

ऊ एकदम अलमलमा प-यो । 

“भैहाल्यो छोड् यी कुरा । बुहारी खोइ नि ?” 

“माइत गएकी छे ।” 

“बिहे गरेपछि तेरो लागि सबभन्दा प्रिय आफ्नी स्वास्नी भएको हो ? हो भने यो पनि राम्रो भएन ।” 

ऊ फेरि अलमलमा प¥यो ।

“भैहाल्यो छोड् यी कुरालाई पनि । तैँले कहाँ जागिर खाइस् ?” 

“स्वास्थ्य सेवा विभागमा ।” 

“ठीक गरिस् । स्वास्थ्य सेवा विभागमा रिजालजीलाई सन्चै छ ?” 

“उहाँले जागिर छोडिसक्नुभयो, बुबा !” 

“मल्लजी कहाँ छ नि अचेल ?” 

“सरुवा भएर पोखरा जानुभएको छ, बुबा !” 

“तँ पनि यसो एक–दुई वर्ष राजधानीबाहिर बसेर काम गर्नू । प्रमोसन हुने बेलामा नम्बर बढ्ता आउँछ । बुझिस् ? सक्छस् भने् अझ सुदूर पश्चिमाञ्चल गएर काम गर् । अँ, मल्लजीसँग दुईसय पचास रुपैयाँ लिनु छ । दियो कि दिएको छैन ?” 

उसले घडी हे¥यो– बाह्रबजेर पैँतीस मिनट गएको थियो ।

“कृष्णेसँग पनि एकसय उन्नाइस रुपैयाँ लिन बाँकी छ । लिइस् ?  हरिमानदाइ छन् नि … पच्चीस सय रुपैयाँ मैले उनीसँग घर बनाउन सापट लिएको थिएँ, तिरिदे ।” 

यो सात वर्षअघिको हरहिसाबले अहिले उसको मस्तिष्कभरि उथलपुथल पारिदियो ।

“बुबा ! हरिमानदाइ त बितिसक्नुभयो ।” 

एकछिन् उसका पिताज्यू चुप लागे । 

“पछाडिको बारी किन बाँझो राखेको नि ? मैले रोपेको हलुवाबेदको बोट पनि काटिछस् । घर छेकियो भनेर हो ? … त्यो बारी बाँझो नराख्, विपिन । त्यहाँ आलु र मकै रोप् । आलु एकदम सप्रन्छ त्यहाँ । … अगाडिको फूलबारीका फूलहरू पनि सुकेका मात्र छन् । बेलाबेलामा पानी हाल्दै गर्नुपर्छ । किन विपिन ? के तँलाई वसन्त आएको मन पर्दैन ?” 

यतिखेरसम्ममा ऊ संयमित भइसकेथ्यो। सोध्यो, “बुबा ! आज कसरी यहाँ आउनुभएको ?” 

“घुम्दै आएको नि ।” 

“अनि के बुबालाई त्यहाँ आरामै छ ?” 

छोराको यस्तो स्नेहसिक्त प्रश्नले गर्दा बूढा मृत पिताज्यूलाई रुनुपर्ने बनाइदियो। रुन्चे स्वर लिएर उनले भने, “आरामै छ, बाबु ! तर मलाई थाहा छ– तिमीहरूलाई त्यहाँ शान्ति छैन । यतातिर तेरो देशको बारेमा धेरे नै कुरा भइरहन्छ । अब कुनै महान् व्यक्ति नपठाउने रे त्यहाँ । निकृष्ट व्यक्ति मात्र पठाएर देशलाई निकम्मा गरिदिने रे ।” 

ऊ त्रासले थररर्र … काँप्यो । 

“एउटा कुरा थाहा छ, विपिन ? मैले यहाँ पनि एउटा हलुवाबेदको विरुवा लगाएको छु।” उसका पिताज्यूले एकदम उत्साहित भएर भने। 

उसले चाहिँ केही भनेन । निराशा र त्रासमिश्रित अनुहार लिएर हेरिरह्यो मात्र ।  

“अँ, तैँले रक्सी पनि खान थालिस् रे ?” 

“हो बुबा !” 

“वाह ! तेरो साहस !” व्यङ्गय प्रहार गरे उसका पिताज्युले, “ज्यूँदै छँदा जो बाबुसँग आँखा उठाएर कुरासम्म गर्दैन थिइस् । मरेपछि चाहिँ धक फुकाएर ‘रक्सी खान्छु’ पनि भन्न थालिस् ?” 

चुपचाप चुपचाप समय बित्यो । तर हैन, समय बितेन । यतिखेर पनि घडीमा बाह्र पैँतीस नै बजेको थियो । 

“भैगो। जाँडरक्सी खा । चरेस र म्यान्डेक्स पनि खा । आमालाई कुनै औषधी नख्वा । तँ आफू मात्रै धेरै ठूलो मान्छे बन् । आफ्नी स्वास्नीको मात्र राम्रो हेरचाह गर् । बूढी आमा… मार् तेरी बूढी आमालाई । तँ धेरै ठूलो मान्छे बन् विपिन ! धेरै ठूलो मान्छे ।” 

र, फोटो आफै हल्लियो ।

फोटो हल्लिनुसँगै उसको जीउमा सुनैसुनको पहिरन भएको र उसको शिरमा हीराको मुकुट आएको जस्तो लाग्यो उसलाई । सम्राट भएको महसुस ग¥यो उसले । यसको साथसाथै उसका पिताज्यूको त्यो फोटो कीलाबाट आफै नै फुस्क्यो र भुइँमा बजारियो । सम्राटको पोसाक र मुकुट लगाएरै ऊ पनि भुइँमा निद्राले बेहोस भयो । 

भोलिपल्ट बिहान सवा नौ बजे बिपिन कीलाबाट खसेर फुटेको ऐना र फोटो बढारेर फ्याँक्दै थियो । पल्लो कोठामा आमा खोक्दै थिइन् ।