२० श्रावण २०८३, बुधबार
,
Latest
कर्णाली प्रदेशसभाः समसामयिक विषयमा सरकारको ध्यानाकर्षण फिर्केखालाका अनधिकृत संरचना भदौ १५ भित्र हटाउन निर्देशन नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेस विद्यार्थीलाई निरन्तर निर्वाचन शिक्षा आप्रवासी लहरपछि सेउटामा बाल संरक्षण सङ्कट गहिरिँदै परराष्ट्रले सुरु गर्‍यो ‘मोफा नलेज फोरम’ जेटस्टारले ओभरहेड लकरमा झोला राखेबापत शुल्क लिने वैदेशिक रोजगारमा गएका कागजातविहीनको उद्धार गर्दै श्रम मन्त्रालय ब्रोड पिक हिमपहिरो : निम्स दाइसहित तीन नेपाली आरोहीको शव आधार शिविरमा ल्याइयो १५ औँ महाधिवेशनलाई निष्पक्ष बनाउन संयन्त्र निर्माण गर्नुपर्छः नैनसिंह महर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्तापक्षले संसद चल्न नदिएपछि हामीले जनताको एजेण्डा राख्न पाएनौं– रघुजी पन्त



अ+ अ-

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले सत्तापक्षको भूमिका खेदजनक रहेको आरोप लगाएका छन् ।

शुक्रबार संसद भवनबहिर सञ्चारकर्मीहरुसँग बोल्दै पन्तले संसद चल्न नदिने कुरामा सत्तापक्ष अगाडि बढेको र सत्तापक्ष संसदीय मर्यादा विपरित चलेको आरोप लगाए ।

‘यो अगाडि र आजपनि संसद चल्न नदिने कुरामा सत्तापक्ष अगाडि बढेको देखियो। सत्तापक्षको भूमिका खेदजनक छ’, उनले भने ।

उनले आफ्नो पार्टीले जनताको एजेण्डामा सरकारलाई ध्यानाकर्षण गराउन लागेको बेलामा सत्तापक्षले बोल्न नदिएको आरोप लगाए । सरकारको कारणले सदनमा जनताको बिषय उठाउन नपाएको उनको भनाइ छ।