५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने

संखुवासभा कैदी मृत्यु प्रकरण: सीसीटीभीमा कैदीलाई कुटपिट गरेको देखिएपछि १० जना प्रहरी नियन्त्रणमा

संखुवासभा कैदी मृत्यु प्रकरण: सीसीटीभीमा कैदीलाई कुटपिट गरेको देखिएपछि १० जना प्रहरी नियन्त्रणमा
अ+ अ-

खाँदबारी । जिल्ला कारागार संखुवासभामा बुधबार बिहान दुई कैदीबन्दीको मृत्यु भएको थियो । उनीहरुको मृत्युमा १० जना प्रहरी अनुसन्धानमा तानिएका छन् ।

कारागारबाट भाग्न लागेको अवस्था नियन्त्रणमा लिइएका भनिएका दुई कैदीबन्दीलाई प्रहरीले निर्घात कुटपिट गरेको खुलेको छ ।

जिल्ला कारागारमा रहेको सीसी टीभी फुटेजमा प्रहरीले कैदीलाई कुटपिट गरेको देखिएको छ । कारागारभित्रै कैदीमाथि लाठ्ठी र मुक्काले बारम्बार हानेको सीसी क्यामेरा फुटेजमा देखिएको प्रहरी स्रोतले बतायो ।

घटना हुँदा ड्युटीमा रहेका १० जना प्रहरीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको कोशी प्रदेश प्रहरी कार्यालयका एसपी ऋषिराम कँडेलले जानकारी दिए । कारागारको सुरक्षार्थ खटिएका असई लक्ष्मी चौधरी, हवल्दार राजकुमार श्रेष्ठ, सहायक हवल्दार अमृतबहादुर कार्की, जवानहरू सनोज सोडमी, मुकेश विक, पवनकुमार महतो, नुसन राई, मनिष राई, दमनसिंह राई र सुमन गुरुङलाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको छ ।

मादी नगरपालिका–५, संखुवासभाका १९ वर्षीय विनोद तोलाङी र ककनी गाउँपालिका–७ नुवाकोटका २८ वर्षीय आकाश बलामी कारागारमा अचेत भेटिएका थिए । उनीहरूलाई बिहान ६ बजे जिल्ला अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको थियो ।

उनीहरू राति २ बजे कारागारको शौचालयको झ्यालका रड काटेर भाग्न खोजेको भन्दै प्रहरीले नियन्त्रणमा लिएर पुन: कारागार प्रशासनको जिम्मा लगाएको थियो ।

घटना शंकास्पद् रहेकाले यसबारे छानबिन समिति गठन भएर अनुसन्धान भइरहेको छ ।