२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

कानुनमन्त्री गुरुङ अस्पताल भर्ना



अ+ अ-

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ अस्पताल भर्ना हुनुभएको छ । मन्त्री गुरुङलाई आज बिहान एक्कासि ‘ब्लड प्रेसर लो’ भएपछि महराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिस एण्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो ।

मन्त्री गुरुङका स्वकीय सचिव प्रेमप्रकाश केसीले मन्त्री गुरुङलाई ब्लड प्रेसर लो भएर स्वास्थ्यमा समस्या देखिएपछि आज बिहान ११ बजे अस्पताल भर्ना गरिएको जानकारी दिनुभयो ।

मन्त्री गुरुङलाई हाल सो सेन्टरका निर्देशक डा रत्नमणि नेतृत्वको टोलीले उपचार गरिरहनुभएको छ । उहाँको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको स्वकीय सचिव केसीले बताउनुभयो ।रासस