२४ भाद्र २०८३, बुधबार
,
Latest
‘सुशासन र भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता स्थापित गर्न काँग्रेस आउनुपर्छ भन्ने जनमत बढ्दैछ’- प्रकाशमान सिंह ‘जलवायु परिवर्तनका कारण विपद्को जोखिम बढ्यो, नेपाललाई जोगाउन विश्वव्यापी अभियान आवश्यक’- देउवा आधा जितिसक्यौँ, रुख चुनाव चिह्न र चारतारे झण्डा हामीले पाउँछौँः देउवा सेवाग्रहीका समस्यामा केन्द्रित हुन मुख्यमन्त्री शाहीको निर्देशन कर्णाली र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा सात पदाधिकारी नियुक्त खोलाले बगाएका किशोर मृत फेला रसुवा बाढीको क्रन्दन र ककपिटको सङ्घर्षमा क्याप्टेन प्रिया बाढीले अवरुद्ध मनास्लु पदमार्ग पुनःसञ्चालनमा एक हजार ८९५ घरमा विद्युत् विस्तार चिलिमे जलविद्युत् आयोजनामा सेनाको उद्धार तथा पुनर्निर्माण तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

आप्रवासी बढेसँगै स्पेनको जनसंख्या हालसम्मकै उच्च



अ+ अ-

एजेन्सी । स्पेनको जनसंख्या हालसम्मकै उच्च स्तरमा पुगेको छ ।

उच्चस्तरमा जनसंख्या पुग्नुमा आप्रवासीहरूको मुख्य योगदान रहेको स्पेनको तथ्याङ्क कार्यालयले मंगलवार प्रकाशित गरेको अध्ययनले देखाएको हो ।

त्रैमासिक निरन्तर जनसंख्या तथ्याङ्कले जुलाई १ मा स्पेनमा ४ करोड ८३ लाख ४५ हजार २२३ जना मानिसहरू बसोवास गरिरहेको देखाएको छ । जुन अहिलेसम्म रेकर्ड गरिएकोमध्ये सबैभन्दा धेरै हो । २०२३ को दोस्रो त्रैमासिकमा १३ लाख ५ हजार १८६ जनाले वृद्धि भएको छ । थपिएको जनसंख्या मध्ये १ लाख ३९४ जना स्पेन बाहिर जन्मिएका थिए । अब विदेशी भूमिमा जन्मिएका बासिन्दाहरूको कुल संख्या ८४ लाख ५७ हजार ८८६ पुगेको छ ।

स्पेनका राष्ट्रिय तथ्यांक संस्थानका प्राविधिक मिगुएल कार्लोस गालानले भन्नुभयो, ‘यो वृद्धि जन्मको कारणले भएको होइन किनभने जन्म र मृत्यु बीचको भिन्नता व्यावहारिक रूपमा शून्य भएको छ, तर मूलत: के भएको छ कि आप्रवासन बढेको छ ।’

अप्रिल र जुनको बीचमा स्पेन आउने अधिकांश आप्रवासी कोलम्बिया र मोरक्कनका थिए । विदेशमा बसोवास गरेर आफ्नो मातृभूमिमा फर्केका स्पेनीहरुको संख्या उल्लेख्य रहेको पाइएको छ ।

गालानले भन्नुभयो, ‘स्पेनमा जनसंख्या भविष्यमा अलिकति घट्नसक्छ । जनसंख्या घट्न नदिने सुनिश्चित गर्न आप्रवासीहरूको धेरै ठूलो प्रवाह आवश्यक छ ।’