२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आप्रवासी बढेसँगै स्पेनको जनसंख्या हालसम्मकै उच्च



अ+ अ-

एजेन्सी । स्पेनको जनसंख्या हालसम्मकै उच्च स्तरमा पुगेको छ ।

उच्चस्तरमा जनसंख्या पुग्नुमा आप्रवासीहरूको मुख्य योगदान रहेको स्पेनको तथ्याङ्क कार्यालयले मंगलवार प्रकाशित गरेको अध्ययनले देखाएको हो ।

त्रैमासिक निरन्तर जनसंख्या तथ्याङ्कले जुलाई १ मा स्पेनमा ४ करोड ८३ लाख ४५ हजार २२३ जना मानिसहरू बसोवास गरिरहेको देखाएको छ । जुन अहिलेसम्म रेकर्ड गरिएकोमध्ये सबैभन्दा धेरै हो । २०२३ को दोस्रो त्रैमासिकमा १३ लाख ५ हजार १८६ जनाले वृद्धि भएको छ । थपिएको जनसंख्या मध्ये १ लाख ३९४ जना स्पेन बाहिर जन्मिएका थिए । अब विदेशी भूमिमा जन्मिएका बासिन्दाहरूको कुल संख्या ८४ लाख ५७ हजार ८८६ पुगेको छ ।

स्पेनका राष्ट्रिय तथ्यांक संस्थानका प्राविधिक मिगुएल कार्लोस गालानले भन्नुभयो, ‘यो वृद्धि जन्मको कारणले भएको होइन किनभने जन्म र मृत्यु बीचको भिन्नता व्यावहारिक रूपमा शून्य भएको छ, तर मूलत: के भएको छ कि आप्रवासन बढेको छ ।’

अप्रिल र जुनको बीचमा स्पेन आउने अधिकांश आप्रवासी कोलम्बिया र मोरक्कनका थिए । विदेशमा बसोवास गरेर आफ्नो मातृभूमिमा फर्केका स्पेनीहरुको संख्या उल्लेख्य रहेको पाइएको छ ।

गालानले भन्नुभयो, ‘स्पेनमा जनसंख्या भविष्यमा अलिकति घट्नसक्छ । जनसंख्या घट्न नदिने सुनिश्चित गर्न आप्रवासीहरूको धेरै ठूलो प्रवाह आवश्यक छ ।’