२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रनिर्माताको प्रतिमा तोडफोड गर्ने लाई कडा कारबाही गर्न राप्रपाको माग



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले पोखराको पृथ्वीचोकमा राखिएको राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको प्रतिमा तोडफोड संग्लनलाई कडा कारबाही गर्न माग गरेको छ ।

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको प्रतिमा तोडफोड गरिनु /हटाइनु दु: खद, निन्दनीय भएको भन्दै उक्त कार्यमा संग्लनलाई कडा कारबाही गर्न माग गर्नुभएको हो ।

श्रेष्ठले भन्नुभयो ‘यो घटना गौरवशाली इतिहासप्रतिको चरम अपमान हो, भत्सर्नायोग्य छ। साना वा ठूला आन्दोलनको क्रममा होस् वा कुनै दिवस, उत्सव होस्, पोखराको सडकमा केही मान्छे निस्कने बित्तिकै पृथ्वीनारायण शाहको शालिक वा प्रतिमामाथि निशाना लगाइनु विडम्बनापूर्ण छ।’

उहाँले भन्नुभयो ‘पृथ्वीनारायण शाहकै कारण आफू नेपाली हुन पाएको गौरव भुलेर यस्ता उच्छृङ्खल कार्यमा संलग्न हुनेहरूलाई प्रशासनले नियन्त्रणमा लिइ छानबिन र कारबाही गरिनुपर्छ । नेपाल सरकार, गृह प्रशासनले यस घटनालाई गम्भीरतापूर्वक लिन र दोषीलाई कडा कारबाही गर्न जोडदार माग गर्दछौं ।’

राप्रपाले वर्षौदेखि पृथ्वीचोकको नामले प्रख्यात पोखराको पृथ्वीचोकमै पृथ्वीनारायण शाहको शालिक पुन:स्थापनाका लागि तीन तहको सरकार समन्वय गरी आवश्यक व्यवस्था मिलाउन पनि माग गरेको छ ।