५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रस्तावित प्रधान न्यायाधीश श्रेष्ठविरुद्ध उजुरी आह्वान



अ+ अ-

काठमाडौँ। संसदीय सुनुवाइ समितिले प्रधान न्यायाधीश पदका लागि प्रस्ताव गरिनु भएका सर्वोच्च अदालतका बरिष्टतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाएको छ । समितिले आज सार्वजनिक गरेको सूचनामा उजूरीका लागि १० दिनको समय दिइएको छ ।

गत साउन १९ गते संवैधानिक परिषदको बैठकले श्रेष्ठलाई नेपालको प्रधान न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको थियो । आज प्रकाशित सूचनामा उक्त पद (प्रधान न्यायाधीश) मा श्री श्रेष्ठलाई नियुक्ति गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा मर्यादित भाषामा स्पष्ट आधार एवं सबुत प्रमाण सहित उजूरी वा सूचना दिनसक्ने जनाइएको छ ।

समितिमा स्वयम् उपस्थित भएर तथा इमेलबाट पनि उजुरी दिन सकिने छ ।

सङ्घीय संसद्को संयुक्त बैठक तथा समिति सञ्चालनसम्बन्धी नियमावली अनुसार सुनुवाइ प्रक्रिया प्रारम्भ भएको ४५ दिनभित्र समितिले निर्णय गरिसक्नुपर्ने छ । ४५ दिनभित्र निर्णय नभएमा नियुक्तिका लागि बाधा नपर्ने व्यवस्था नियमावलीमा छ । समितिको दुई तिहाइ बहुमतले अस्वीकृत नगरेमा प्रस्तावित पदाधिकारी अनुमोदित हुने व्यवस्था नियमावलीमा छ ।